एयरपोर्ट डायरी!
अब मात्र ३ दिन बाँकी....! फेसबुकमा पोस्ट गरेकी थिएँ। ३ महिनादेखि दिमागमा डेरा गरेकी प्रतीक्षा अब तीन दिनमा छाड्दै थिईन। अथवा यसो भनौँ ३ लिटर समयमा अब ३ मिलि लिटर बाँकी थियो! त्यो दिन तिमीलाई भेट्न तिनकुनेमा तीन घण्टा कुरेकी थिएँ। तिनहजार माईलको दुरीबाट तिमी जब तीन पाईलाको दुरीमा आईपुगेको थियौ मुटुका वाद्यवादकहरु तीन गुणा छिटो बजाईरहेका थिए उनिहरुको राष्ट्रिय बाजा; ढुकढुकी। यो भक्कानो छुटेर काँपिरहेका हातहरुले गरेको स्वागत कति नमिठो भयो होला है? सरी! निथ्रुक्क भिजेका थिए परेलीहरु, हर्षले मन पुलकित भएको थियो। लाग्थ्यो, तिमी अकस्मात बादलबाट हाम फालेर आइपुगेको थियौ, कहाँ लुकेको थियौ यतिन्जेल? बर्षौँ देखि हराएका मान्छेहरु भेटिन्छन एयरपोर्टमा! जो भविस्यको खोजिमा बिलाएका हुन्छन। मिल्दो हो त अझ तिमीले लगाईरहेको टिसर्टबाट तिमीलाई छातिमा समातेर सोध्न मन थियो- "म तिमीलाई गोधुली रातमा आकाशभरी खोजिरहन्थे। ३ बर्ष अघि आकाशमा उडेको तिमी कहाँ हराएको थियौ? किन आएनौ मेरो घरको छत माथी एक पटक पनि? तिम्रा यादहरु लिएर आईरहे जोडी ढुकुरहरु आगनको पोथ्रासम्म तर तिम्रो हालतको खबर लिएर आएनन् चि