एयरपोर्ट डायरी!

अब मात्र ३ दिन बाँकी....!
फेसबुकमा पोस्ट गरेकी थिएँ। 
३ महिनादेखि दिमागमा डेरा गरेकी प्रतीक्षा अब तीन दिनमा छाड्दै थिईन। अथवा यसो भनौँ ३ लिटर समयमा अब ३ मिलि लिटर बाँकी थियो! 
त्यो दिन तिमीलाई भेट्न तिनकुनेमा तीन घण्टा कुरेकी थिएँ। तिनहजार माईलको दुरीबाट तिमी जब तीन पाईलाको दुरीमा आईपुगेको थियौ मुटुका वाद्यवादकहरु तीन गुणा छिटो बजाईरहेका थिए उनिहरुको राष्ट्रिय बाजा; ढुकढुकी। यो भक्कानो छुटेर काँपिरहेका हातहरुले गरेको स्वागत कति नमिठो भयो होला है? सरी! निथ्रुक्क भिजेका थिए परेलीहरु, हर्षले मन पुलकित भएको थियो। लाग्थ्यो, तिमी अकस्मात बादलबाट हाम फालेर आइपुगेको थियौ, कहाँ लुकेको थियौ यतिन्जेल? बर्षौँ देखि हराएका मान्छेहरु भेटिन्छन एयरपोर्टमा! जो भविस्यको खोजिमा बिलाएका हुन्छन। 
मिल्दो हो त अझ तिमीले लगाईरहेको टिसर्टबाट तिमीलाई छातिमा समातेर सोध्न मन थियो-
"म तिमीलाई गोधुली रातमा आकाशभरी खोजिरहन्थे। ३ बर्ष अघि आकाशमा उडेको तिमी कहाँ हराएको थियौ? किन आएनौ मेरो घरको छत माथी एक पटक पनि? तिम्रा यादहरु लिएर आईरहे जोडी ढुकुरहरु आगनको पोथ्रासम्म तर तिम्रो हालतको खबर लिएर आएनन् चिट्ठीहरु!"
तिमी एयरपोर्ट बाट निस्कदै गर्दा तिम्रो छेउमै हिडिरहेकी गोरीलाई देखेर अताल्लिएकी थिएँ म। दिमागले पशुपतिबाट दाउरो टिपेर आईसकेको थियो तर धैर्यताले रोक्यो। 
"अनि उ चैँ को?" मैले हतासमा सोधेकी थिएँ।
"तिमीलाई साथी लै'दिएको।" तिमी सिरियस बन्न खोज्यौ।
"मलाई कि तिमीलाई?" म रिसाएँ। खुर्सानी निस्किए आँखाबाट। मलाई पनि छेउको ड्राईभर देखाएर भन्दिउ जस्तो लाग्यो- "तिमीलाई पनि साथी लैदिएकी छु।"
"उनि फरेन भिजिटर, पहिलो पटक रे!" गलल हाँसेको थियौ तिमी।
"हाई" लाजले भुतुक्क भएर भुइँतिर हेर्दै हात हल्लाएकी थिए मैले।

Comments

Popular posts from this blog

"गार्डन अफ ड्रीम्ज" डायरी!

प्रेम लुकेको हुन्छ!

सपना भाग-११