सपना भाग-११
#सपना (भाग-११)
धेरै बेरसम्म आयुशलाई सम्झाइरहे, जे भयो त्यसलाई सम्झेर रुन हुन्न भनेर। यसो त भने तर के भएको थियो म आफैलाई थाहा थिएन। सम्झाउनु थियो त्यहा उसलाई एक साहारा बनेर, त्यसै गरे। उसका आशु रोक्किए पनि अनुहारमा रुवाइको भाव अझै उस्तै थीयो। मैले नजिकैको बोतलको पानी पिउन लगाए। पानी पियो अनी फ्रेश भएर आउछु भनेर टावेल मागेर बाथरुम गयो। लगभग ५ मिनेट पछी उ मुखसुख अनी कपाल भिजाएर आएछ। लजालु स्वरमा सरी है दाजु रोइहाले भन्यो। म अघी उसले भनिसकेको भाग काटछाट गर्नमा ब्यस्त थिए। फेरी उसलाई माफि माग्न नपर्ने भन्दै कथामा आउन भने। उ लामो सास तानेर अगाडि बढ्यो म लेख्दै गए-
मलाई त्यो गिफ्टले यसै एकाएक आफ्नै साथीले छुरा हानेर लडाएजस्तो पारेको थियो, पातलो गिफ्ट भित्र मैले उसलाई भ्यालेन्टाइन डे मा दिएको त्यही घडी फिर्ता पठाइेएको रहेछ। मन त्यती देख्दै चिसो भयो, अनी फेरी एकाएक तात्तिएर आयो। हात खुट्टा थर थर काप्न थाले। मैले आँफैलाई सम्हाल्ने शक्ती धेरै मात्रामा त्यती देख्दै गुमाइसकेको थिए। हेर्दा हेर्दै थाम्न नसकेर हातबाट भुइमा झर्यो त्यो बट्टा। मैले सारा संसार बिर्सिए। अरु केही कारणले पो पठाएकी हो कि भन्ने तिर एक रत्ती पनि मन गएन। फोन गरेर उसैलाई सोध्छु भनेर हतार हतार गोजिबाट फोन निकालेर फोन लगाए तर फोन उठेन। ५ पटक पनि फोन नउठेपछी फेसबुकमा पुगे। नयाँ मेसेज उसकै नाम बाट देखियो। हेरे, लेखिएको थियो- फुट्नु थियो कतै यही फुटियो, हरेक कुराको सुरुवात र अन्त्य हुन्छ भने हाम्रो पनि प्रेमको अन्त्य यसैलाई सम्झनुहोला। मेरा सबै मेसेज, नम्बर डिलिट गरेर अगाडि बढ्नुहोला। मलाई बिर्सनै पर्छ भन्ने छैन तर यो स्विकार गर्नुस् कि सपना अब कहिल्यै तपाईंकी सपना हुनेछैन। अब कहिल्यै हामी "हामी" हुनेछैनौ, ति चुम्बनहरु हुने छैनन, ति अङगालाहरु एक अर्कका लागि हुने छैनन, अब ति "हाइ", "लभ यु", "टाटा सि यु" र "गूड् नाइट स्विट ड्रिम्स" का टेक्स्टहरु हामीबिच हुनेछैनन, ति स्टुपिड झगडाहरु हुने छैनन, ति माफिहरु हुने छैनन अनी मेलमिलाप पनि। सबै भन्दा ठुलोकुरा त हामीबिच अब यि सबै कुराको अबसर हुने छैन। अलबिदा आयुश।"
पढिसक्दा ठुलो भिरबाट खसेजस्तो भए। यस्तो लाग्थ्यो कसैले मलाई ठुलो भालाले मेरो छात्तिमा हानिरहेछ तर म मरिरहेको छुइन। के गरौ गरौ भयो अनिश पनि कोठामा थिएन। सपना हो कि बिपना हो भनेर धेरैबेर छ्ट्याउन सकिन। कहिलेकाही आफुलाई खुब अफ्ट्यारो परेको बेला यो सपना भईदियोस भन्दा भन्दै झसँग ब्युझिन्थे अनी मन कती हलुका र शान्त हुन्थ्यो। त्यहा पनि धेरै बेर कुर्दा पटक्कै यो सपना बनेर निस्किएन। थर-थर कामेका हातले त्यही च्याटमा "के भयो तिमीलाई?" सम्म बल्ल बल्ल लेखेर सेन्ड गर्दा भन्यो- You can't reply to this conversation! मलाई अघिनै ब्लक गरिसकेकी रहिछ। नाम सर्च गरेर हेर्दा थाहा पाए This person is not available भन्यो। फेरी फोन गरे १० पटक जती तर रिसिभ एकैचोटि भएको भए त मार्दिनु! त्यतिसम्म आफुलाई सम्हाल्न खोजेको मैले अब भने सक्दै सकिन अलिकती पनि। आशुको पोखरी फुट्यो दुइतिर बाट आशु धारा बगे जसरी बग्न थाले म टाउको दुई हातले समाउदै अर्कोतिर फर्किए। झरेको बट्टाको घडी एकातिर लडेको थियो बट्टाको भित्र पट्टी एउटा पट्याइेर सानो पारेको कागजको टुक्रा देखियो। त्यसलाई टेपले टालेर फुक्न नसक्ने बनाइेको थियो। यो पनि त्यस्तै होला भनेर अन्दाज त पाइसकेको थिए तर केही कारण भेट्छु कि उसले किन यसो गर्दैछे भन्ने लाग्यो, फुकाएर पढ्न थाले। रातो अक्षरमा यस्तो लेखिएको थियो-
प्रिय आयुश,
अन्तिम सम्झना।
अन्तिम पटक हजुर सँग भेट्न अाइरहेकी छु। हुन त हामी दुबैको लागि यो भेट केही फलदायी छैन। किनकी हामी बिचको सम्बन्ध जो तोड्ने निर्णय मैले गरिसकेकी छु, त्यो बदलिने छैन। यती मैले भन्दासम्म हजुरलाई केही अनौठो लगिसकेको होला। लाग्नु स्वाभाबिक पनि छ। तर म जे गरिरहेकी छु त्यसले हजुरलाई केही पिडा देला त्यसको लागि माफि चाहन्छु। कुरा घुमाउन सकिन सिधै भन्छु "आजैबाट मैले यो सम्बन्धको अन्त्य गरेकी छु" जुन कुरा हिजोसम्म हामीबिच थिए अब हुनेछैनन। लाग्दैछ, आज आँफैलाई सम्हाल्न सक्दिन होला। तर प्रयाश गर्नेछु। अनी तपाईंलाई किन मैले यो सजायपूर्ण धोका दीइरहेकी छु त्यो मैले भन्न नपर्ला र भन्न चाहान्न पनि। यत्ती भन्न चाहन्छु हामी बिचका कुराहरुले काम गरेनन। यसो भन्न म आँफैलाई पनि घ्रिणा लाग्छ, तर यि सबै कुराको अन्त्य गर्नुमा नै राम्रो छ हामीलाई। म भबिस्य के कसो होला भनेर त भन्न सक्दिन तर अहिलेनै यो अड्कल काट्न सक्छु कि भबिस्यको लागि हामी अहिले छुट्टीनुनै बेश छ। गन्तब्यहिन यात्रा गर्नुभन्दा आधा बाटो बाट फर्कनु उपयुक्त होला। पल-पल हजुरको यादले नसताओस भनेर हजुरको गिफ्टलाई पनि फिर्ता पठाइदिएकी छु। तर यि यादहरु फिर्ता गर्न सकिन सरी। हजुरलाई खुशी अनी सुखद भबिस्यको कामना। अलबिदा!
सपना
शायद! यती पढिसक्दा मलाई पृथ्वीले थिचेजस्तो भएको थियो। टाउको जिउ सबै तात्तिएर कसैले ठुलो ह्यामरले हानेर फुटाइदियोस जस्तो भयो। अब रुवाइले केही आवाज पनि निकलिसकेको थ्यो। हातमा भएको कागज छाडिदिए अनी दाहिने हातले मुख छोपेर आवाजलाई सक्दो रोक्ने प्रयाश गरे। सबैभन्दा नराम्रो रुवाइ त त्यही हुन्छ, जसमा कुनै आवाज निस्किदैन। त्यो रुबाइ जतिबेला सबैजना निदाएका हुन्छन। त्यो रुबाइ जुन आफ्नो सुन्निएका आँखा र दुखेको घाटिले मात्र देखाउछ। त्यो रुवाइ जसमा सकेसम्म आफ्नो सासलाई रोकेर पेटको हलचललाई कम गर्ने जबर्जस्ती गरिन्छ। अनी त्यो रुवाइ जुन जो ब्यक्तिका लागि रोइन्छ त्यो आफ्ना लागि सबैभन्दा महत्वपूर्ण हो भन्ने थाहा हुन्छ। मेरो रुवाइ पनि यही रुवाइ भन्दा फरक थिएन शायद। फोन जती गर्दा पनि उठ्दै उठेन बरु बेलुका खेर स्विच अफ गरियो। घर देखेको भएरनि सिधै गएर घाटिमा समाएर सोधु जस्तो भैरहेको थियो किन म माथि यो पिडा दिईदैछ अनी के गल्ती गरे कहानेर चुके म भनेर तर आट आएन। तर त्यो कल्पना मात्र थियो। अनिश पनि खै को आफन्तकोमा गएको २-३ दिन आउँदैन रे भन्दिनु है भनेर खबर छाडेर गएको रहेछ। कल त गरेको रहेछ तर मोबाइल silent मा भएकाले थाहा पाइनछु। झन दु:ख पोख्ने पनि कोही भएन यो सब प्रेमकहानी थाहा भएको उ मात्रै थियो। फोन गरिगरी सुनाउने आट आएन।
रात त्यसरिनै बिताए छट्पटिमा। एक झिपिक्क पनि निन्द्रा लागेन। बेलुका खाना त के पानीसम्म खाइन बाहिर सम्म नानीस्की ढोका थुनेर बसे। राती सबैकुरा सम्झदा सम्झदै मुटु फुट्लाजस्तो भएर आउथ्यो आँखाले अझै रुन बिर्सिएका थीएनन। उसको फोटो छात्तिमा टासेर निदाउने प्रयास गर्थे तर कहाबाट सक्नु! फेरी रुदै त्यही फोटोसँग मेरो गुनासो र किन मलाई यस्तो गर्यौ तिमीले भन्दै आफ्नो पागलपन देखाउथे। उसैको नसा लागेको म एकाएक एक्लिएको थिए कोही छैनन जस्तो लाग्थ्यो आफ्नो। संसारमा मानिसलाइ सबैभन्दा बढी नसा दिने लागुपदार्थ भनेको पनि मानिसनै हो। यसरीनै म पनि सपनाको नसामा लिप्त भएर डुबेको थिए। तर के थाहा मलाई बिसले पनि नसा दिन्छ भन्ने! कसैले फोन गर्यो भने पनि हल्का घाटी दुखेको छ भनेर टार्थे। भोलिपल्ट ममिले फोन गर्दा नि त्यसै भनेर टारे अनी फोन काटेपछी घरका सबैलाई सम्झिएर नमज्जाले उसैको मात्र यादका आसुले पखालेको जिउ घर परिवारको मायाका आशुले पखाल्दिए। यसरिनै दिनहरु उसैको याद र केही फोन र मेसेज आउछ कि अनी मेरो फोन उठाउ छे कि भन्ने झिनो आशमा बित्न थाले। ३-४ दिन बाहिरै नानीस्की बसे। अनिश आएपछी नि एकचोटी मत्थर भैसकेको घाउलाई आँफैले कोट्याएर उसैगरी रोए, उसले धेरै सम्झायो। सकेसम्म एक्लै हुन दिदैनथ्यो। गतिगरास फुरै खुस्केको थियो कोपिलामै सुकेर रङ हराएको फुलजस्तो। अनिशले धेरै ख्याल गर्यो।
२८ गते उसलाई भेट्छु भनेर उसैको कलेज बाहिर कुरे। धेरै कुरा सोध्नु थियो मलाई। मिल्नु उसलाई थिएन भने पनि मलाई छाड्नुको चित्त बुझ्दो उत्तर चाहिएको थियो। परिक्षा सकेर निस्की। मलाई बाहिर देखेपछी उसकी साथीले पहिला झै छाडिदीइ तर उ म भएतिर हेर्दै नहेरी गाडी रोकेर चढ्न लागि मैले उसको हात समाएर म भएतिर ताने आसु झरिसकेका थिए तैपनी सोधे- भन के भयो तिमीलाई? के गल्ती गरे मैले? कहानेर चुके म?
आफ्नै बिगतलाई एकपटक सम्झेर हेर्नु भनेर मेरो हातबाट हात फुकालेर एउटा रोकिराखेको बसमा चढी। म फर्किए। मन बुझेन, भोली पल्ट पनि त्यसरिनै उही ठाउमा पुगे। सबै प्रश्न त्यही थिए तर रुवाइमा अर्को एउटा प्रश्न थपे- के हामी मिल्न सक्दैनौ?
उसले नो चान्स भन्दै हात फुकाली। मैले फेरी उसैगरी समाते। उसले रिसको झ्वाक निकालेर भनी- पुलिस बोलाएर ल्याउन नपरोस। म अवाक भएर छाडिदिए। उसको त्यस्तो धम्किले मलाई पनि यो धोकामा पुलिस केस गर्न मन थियो तर नमिल्ने! अब त उसको त्यो व्यबहारले मन पनि मरेको थियो।
अन्तत: त्यही बेलुका उसलाई अन्तिम बिदाइको स्टाटस राखिदिए यस्तो लेखेर- "मेरो लागी तिम्रो मनको ढोका सधैं भरिलाई बन्द भएपनी मेरो मनको मायाको ढोका तिमीलाई सधैं खूला रहनेछ, सङ्ग्राहलय जस्तै बनेर अनि मेरो माया जागिरहनेछ बन्द ताल्चामै पनि। हावाले उडाएर ल्याएको पिपलको बोट घरको भित्तामा उम्रदा त मार्न कती गार्हो पर्छ, तिम्रो मायाको बिउ त मैले मेरो मनमा प्रेमले उमारेर बडो रुख बनाएको छु त्यसलाई कसरी मार्न सक्छु! अनी यो नभुल्नु मेरो जीवन तिमी भन्दा दुर अन्जानको भए पनि मन त्यतै तिम्रै वरिपरि घुमिरहेको हुन्छ। अलबिदा सपना।" आशा छैन अब फर्केर आउछे कि भन्ने। आज उसैको यादमा पिउने भएको छु दाई भन्दै कुराको बिट मार्यो।
आखिर आयुश र सपना बिच यो ब्रेक अप भन्दा अघी के भयो जसकारण सपनाले उसलाई छाडि यो अझै उत्सुकताको कुरा बन्यो। उसले बिचैमा कथा रोकेर मातेको सुरमा पिडा सुनाएको थियो। के कारण यो हुन पुग्यो त्यस्तो गाढा मायामा त्यो जान्न अर्को भागको प्रतिक्षा गर्नुहोला।
क्रमश:

Bhag 12 kaile aauni ho dajai
ReplyDelete