सपना भाग-१३
#सपना (भाग-१३) अन्तिम भाग
पहिलो पटक उसको घरमा गईरहेको थिए, उसको पो घर अनी हुनेवला माइत मेरो त ससुराली थियो त्यो। हरेक चिजहरुलाई मायाले हेरे आफ्नै जस्तो लाग्यो। निर्जिव कुरामा न त घमण्ड न त भोक तिर्खा न त इर्श्या नै। सबैले मेरो मायालाई स्विकारीरहे। त्यहा पुग्नसाथ मेरा आँखा बजारमा साथी खोजेको मान्छेका जस्ता भएका थिए। म चाहन्थे कुनै चिज र कुनै बस्तु त्यस्तो नहोस् जुन मैले नदेखेको होस्। मनमा एकतर्फ त खुशीको मयुर नाचेको थियो तर अर्कोतिर डरको भालुले नङ्ग्रा तिखारिरहेको थियो। कोही आईपुगेको खन्डमा त्यो परिस्थितीलाई सम्हाल्नु सबैभन्दा गार्हो हुन जान्थ्यो।
अर्कोतिर सपना भर्खर फुलेको फुल जस्तै सुगन्धित भएर बसेकी थीई। म आँफैलाई सम्हाल्न सक्दो प्रयास गरिरहेको थिए। उ कफी बनाएर ल्याउछु भनेर किचन तिर लाग्दा मैले पर्दैन त भनेको थिए तर छोरी मान्छेको पकाउने बनाउने जिद्धीलाई कहाँ रोक्न सकिन्छ र? एकैछिन त हो भनेर गैहाली। म उसका टेबल अनी भित्तामा भएका हरेक कुराहरुलाई एक एक गर्दै नियाल्दै थिए। उसको बेडको सिरानीलाई समातेर मनमनै सोचे अब तैले मलाई भिनाजु भन्न पर्छ। भित्तामा झुन्डिएको उसको भाईलाई हेर्दै चोरि अौला निकालेर तैले पनि भने आवाज नानीकाली। उ कफी लिएर आई र खुब सम्मानका साथ छेउमा ल्याएर राखिदीइ। खै के गरी कुन्नी कफी अली तितो तितो बनाइछ। कस्तो भयो भनेर सोध्दा "हैट! बब्बाल" भन्दिए तर गुलियो खान सक्दिन भनेर आधा पनि खाइन। सोचे! प्रेम यस्तो पनि चिज हो जहाँ केही सानातिना गल्तिहरु हेरिदैनन। कफी खाइ सकेर झन गफ गर्न थालिम। उ धेरै जसो हरेक कुरामा जिस्किन खोज्थी अनी मलाई छुइहाल्थी। मलाई उसका हरेक स्पर्शले जिउमा अर्कै उर्जा थप्न थालिसकेको थियो। म पनि उसलाई त्यसरिनै कहिले अङालो हालेर कहिले कपाल सुम्सुम्याएर कहिले हात समाएर कुरा गरिदिन्थे। यत्तिकैमा म उसको काखमा टाउको राखेर सुतिदिए। उ मेरो कपाल सुम्सुम्याउदै कुरा गरिरहेकी थीई। अक्सर उ मलाई मेरो राजा भन्थी। मेरो पनि छात्ती फुलेर चौडा भएर आउथ्यो। उसको त्यो शरीरको सुगन्ध, मुस्कान अनी आनन्दित काखले मेरा कलेटि परेका ओठलाई रस खोज्न वाध्य बनाउदै गए। मैले आँफैलाई सम्हाल्न सकिन निहुरिएर मेरा आँखामा हेर्दै कुरा गरिरहेकी उसलाई गालामा किस गरिदिए। उ अलिक ईमोशनल भैदि। मलाई पनि साहस मिल्यो। मैले उसको ओठैमा मेरा ओठहरु पुर्याए। उसले नकारीन बरु साथ दिन थाली। हाम्रा लठ्ठिएका दुबै जिउ बिछ्यौनामा पल्टिए। एक्कासी उसले मलाई रोकेर भनी "के हो ज्याकेटमा त अनौठो अनौठो कुरा भेटियो त!" म झस्किदै "के हो?' भनेर सोधे। "हेर थाहा नपाएझै गरिसेको" भनेर मेरा आँखामा हेरिरही। साथीहरुले पनि लगाइ राख्ने मेरो ज्याकेटमा चुरोत सुरोट त राखिदिएनन भनेर म डराए। "साथीहरु पनि लगाइ दि राख्छन खै मैले त त्य्सतो केही राख्या छुइन" भने। उ अली हाँस्दै उठेर "होला खुब देखाएसी थाहा हुन्छ" भन्दै आफ्नो दराको भित्र कोट्याउन थाली। अनी एउटा कागजको सानो चारपाटे डल्लो निकालेर "ल हेर्नुस्" भनेर मेरो हातमा थमाइदीई। मैले यसो छमेको मात्र के थिए चिप्लिएर गुजुक्क गर्यो। मैले थाहा पाइहले कण्डम रहेछ। कसम! म कहिले पनि बोक्दिनथे। होस्टलका अरु साथीहरुले पनि कहिलेकाही लगाइदिन्थे कसले राखिदियो कुन्नी फसाद मलाई पर्यो। धेरै बेर सम्झाउदा सम्झाउदा गरेपछी पत्याइ।
फेरी कुरामा गर्दा गर्दै मैले उसलाई नाकमा छुन खोज्दा उसले मेरो हातलाई रोक्न खोजी र दुबइहातले फल्दा उसको छातीमा गएर अडिए। मैले हत्तपत्त हात निकाले उ पनि तर्सी। बोल्दाबोल्दै मलाई छाड्ने त होला नि! केटाहरुको के भर भनेर अर्कोतिर फर्की। मैले के भनेकी यस्तो हाम्रो प्रेम यस्तो छ र? भनेर उसलाई अङालो हाले। उसले फेरी नसालु प्रेमी आँखाले म तिर हेर्दै "लभ यु" भन्दै छात्तिमा टास्सी र मायालु अनुहारले मलाई हेरिरही। फेरी मेरा ओठ थामिन सकेनन न त उसकै। दुबैजना एउटा स्वप्न संसारमा पुग्यौ। त्यतिसम्म बन्द कैदिजस्ता भएका मेरा हात एकाएक फुस्किएर उसका जिउभरी सल्बलाउन थाले। दुबै जनाका धड्कन र सास बढेर कुन बिन्दुमा पुगेका थिए कुन्नी! उसको ठुलो आवाज आएजस्तो भाईरहेको थियो। "मैले वातवरनण शान्त पार्न सकिन न त उसलेनै सकी!" बरु मैले छेवैमा बेवारीसे जस्तो फालिएको मेरो मोबाइलबाट गाना सानो आवाजमा गाना बजाइदिए "भीगे ओठ तेरे प्यासा दिल मेरा....."
उसले मलाई अङालो हालेर छाड्दै छाडिन। दुबै आँखा बन्द थिए। मेरा हात उसका ति प्यासी अङहरुलाई एक एक गर्दै स्पर्श दिनमा ब्यस्त अनी मेरो मुख बच्चाको जस्तो भएको थियो। एक एक कपडा खोलिदै गए। हामी बिच केही कुरा छोपिएर रहेन। मैले उसलाई त्यो कण्डम दिने ईशारा गरे उसले निकालेर दीइ। फेरी केही क्षण हामी यौन संसारमा डुबुल्की मार्न पुगयौ मैले उसको मुखबाट निस्केको आवाज भन्दा अरु केही सुनेको थीईन। आँफैभित्र हराएको थिए म।
केही क्षणको स्वप्न संसारको आनन्दले दुबै जनालाई सिथिल बनाएछ म ट्वाइलेट गएर सफा भएर आएर सुते उ पनि नुहाउन निस्की। उ नुहाएर आउँदा म हल्का निदाएको रहेछु। सासुले बिहानै खाना पकाएर राख्दिनु भएको रहेछ। उसले खान्न भन्दा पनि आफ्नै हातले खुवाएरै छाडि। म खाना साना खाएर बिदा मागेर निस्के। निस्केर अली पर पुगेर फर्केर हेर्दा उ मलाई नै हेरिरएकी थीई।
म दसैं मान्न घर आए। आएको भोलिपल्ट साथीहरुले गेट टुगेदर गर्ने कार्यक्रम राखेका रहेछन म पनि गए। हाम्रो भन्दा पछील्लो ब्याजका पनि मिल्ने मिल्ने भाई बहिनी हरु आएका रहेछन २-४ जना। दिनभरी गफ गरियो खानपिन भयो सबैले फोटाहरु खिच्यौ। म पनि सबैसँग भेट्न पाउदा खुशीले गदगद भएको हुदो हुँ सबै जना सँग फोन नम्बर मागे। बेलुकापख घर फर्केर एउटा ग्रुप फोटो सबैलाई ट्याग गरेर फेसबुकमा हालिदिए।
हालेको केही बेरमै सपनाको मेसेज आयो "अन्जनालाई चीन्नु हुन्छ त्यो तपाईंले हालेको फोटोमा छ त" मैले "हो चिन्छु एउटै स्कुलको बहिनी हो" भने। उसको कक्षाको साथी पनि रहिछ। कलेजकै होस्टलमा बस्छे भनेर सुनाइ। शायद मैले उसलाई रिक्वेस्ट पठाउदाकी म्युचल फ्रेण्ड उहीनै थीई। मैले हेर्न बिर्सेंछु। दसैं तिहारमा पनि दैनिक धेरै जसो हामी च्याट गरिरहेकै हुन्थ्ह्यौ। उ मेरा बुवा ममी भाईलाई मैले झै बुवा ममी भाईनै भनेर कुरा गर्थी म सँग। एक चोटि फोन कोठामानै छाडेर म बाहिर निस्केको बेला ममिले फोन आएको थाहा पाएर उठाउदा साथी हो भनेर बोलिछ। ममिले खुब फोन आईराख्या थियो के हो लभ पर्या छ कि क्या हो मेरो छोराको भनेर जिस्काउनु भयो मैले "जे पायो त्यही नभन्नु है भनेर टारे"
दशै तिहार पछी फेरी म काठमाडौं आए। फेरी त्यसरिनै हाम्रा भेटहरु बाक्लिन थाले। जाडो महिना म बिहान म छिटो उठ्न नसक्ने भएकाले उ सँग रिसारिस पारीरहन्थ्यो। आएको पहिलो शनिबार नै हामी धुलिखेल घुम्न गयौ। उसले त्यतिबेला नै मलाई सोधेकी थीई हजुरलाई कुन ठाउँ मन पर्छ भनेर मैले तिमी जहाँ हुन्छौ त्यही छेउको ठाउँ मालाई खुब मन पर्छ। अनी तिम्रा मुटुका चारै कोठा मेरा लागि बेस्ट हुन भन्दिएको थिए। उसले भावुक हुँदै मेरो अनुहारमा हेरेर "लभ यु" मात्र भन्न सकी। उसका हरेक पहिरन मैले रोजिदिएका मात्र हुन्थे। म जे राम्रो भन्थे त्यही लगाउथी। जसो भनो त्यसै गर्थी पनि। शायद मैले भनेका कुनै कुरामा उसले नाइ भनिन।
त्यो जाडोको एक दिन फेरी उसले मलाई बिहानै फोन गरेर भेट्न अाइज भनी। म राम्ररी निन्द्रा नखुलेकै अवस्थामा उठेर हिंड्न पर्यो। आज पनि घर लाने हो कि भन्ने सङ्का भने लागिरहेको थियो। तर घरको कुरा नै निस्केन। मैले नगरकोट जाम भनेर प्रस्ताव गरे। उ सधैं जसो ढिला नगरि फर्किम है भनेर स्विकर्थी। त्यहा पनि त्यसै भनी "मैले मानिदिए" तर उसको कलेज ड्रेसले अफ्टेरो पारीरहेको थियो। एउटा तिसर्टमा आफु नङ्गिएर उसलाई त्यही सधैंको फेमस बनिसकेको ज्याकेट दिए। लागेर गोजी चेक गर्दै हासी। मैले बाइक हुइक्याए।
एउटा होटलमा रुम बुक गरियो। उसले खाना नखाने भनी मलाई नि खान मन लागेन। अरु नै खाने कुराहरु मगाएर खायौ। उसले बर्गर मगाइ मैले म:म। उसले खादा खाँदै आधा खाएर मलाई मुखमा राखीदीई मैले थोरै टोकेर उसलाई खुवाइ दिदा अलिकती बर्गर उसको छात्तिमा झर्यो। मैले मेरो हातैले निकालेर पुछिदिए। दुबैजना एउटै बेडमा एक अर्कापटी फर्केर सुत्यौ उ मेरो कपाल सुम्सुम्याउदै मेरो आनुहार र जिउमा हात लर्बराउन थाली। मैले खप्नै सकिन सिधै उसको ओठमा मेरा ओठहरु पुर्याइ हाले। त्यहापनी ओठ बाट सुरु भएको हाम्रो प्यास यौन सम्म पुग्यो। बेलुका फर्कदा उसको घरमा कलेजबाट कलेज नाआएको भनेर फोन गएको रहेछ रे। उसले अर्की पनि सपनानै नाम गरेकी साथी भएकाले झुक्किएर आएको होला भनेर ढाटे भन्थी। धन्न थर चाँही कलेज बाट फोन गर्नेले भनेनछ।
त्यो असुरक्षित संपर्क भएको थियो। त्यस पछी २-४ दिनमै उसको पिरियड हुनु पर्ने भएन। ६-७ दिन कुर्दा पनि भएन। उ आत्तिएकी थीई। म पनि आत्तिएको थिए। उसले प्रश्न गरेकी थीइ- "यदी यो हाम्रो बच्चा रहेछ भने तपाईं यस्को बुवा हो, तपाईंले मलाई एक्लो पार्न पाउनु हुन्न नि!" म त मर्छु बरु। मलाई यो बिल्कुल नौलो र नयाँ प्रश्न बनेको थियो। म जसो जे भएपनी त्यतिखेरै विवाह र पत्नी भन्ने कुरा रोज्न सक्दिनथे। मैले उसलाई उत्तरमा पनि त्यसै भनेको थिए "म जे गर्छु बरु तर यस्तो कुरा बारे मैले सोचेको पनि छैन, तिमी चिन्ता नगर सबै ठीक हुन्छ" आफुलाई साहरा चाहिएको बेला आफ्नो कर्तब्यनै भुल्ने हजुर भनेर रोई, मैले भोलिपल्ट नै उसको कलेज सकिएपछी हस्पिटल लिएर गए। पिसाब चेक गर्दा गर्भ भएको देखायो। औषधी दिएर खादा ठीक हट्ने भनेर सल्लाह पाइयो। एउटा साथीलाई लगेर मेडिकलमा गएर औषधी किनेर उसलाई भोलिपल्ट पुर्याइदिए। लुकाएर खानु भनेर। बिचरी! वोमिट आएर केही खानै मन लाग्दैन भनेर भनी २-४ दिन सम्म। तर त्यो मेरो उत्तर प्रती धेरै दिन सम्म चित्त दुखाइरही।
उसको सेकेण्ड टर्म सकिएर बसेकी थीई। एक शनिबार बेलुकी मलाई आत्तिदै अनलाइनमा आउन भनी। मैले किन हो कुन्नी भनेर हतार हतार गरेर सोधे। पहिलेनै रुएको ईमो पठाइ मैले के भयो भनेर सोधी रहे। भनी-"एक जना बाबाकै स्टाफ को साथीको घर बाट मेरो विवाहको लागि प्रस्ताव आएको रहेछ। अनी कुरा मिले मेरो बोर्ड एक्जाम सकिएपछी विवाह गर्ने भन्या छन रे। केटा अष्ट्रेलियन पिआर वाला रे।" म भर्खर निन्द्राबाट ब्युझेजस्तो झसङ्ग भए। सोधे अनी तिमी के गर्छ्यौ त? उसले रिसाएर भनी- "अब यस्तै कुरा गर्नु हजुर चाँही म के गर्छु त्यो पनि आज सम्म थाहा पाउन सक्नु भएन।" फेरी यो कुराले पनि हामीमा नराम्रो स्थिती ल्यायो। म जे भएपनी विवाह अहिलेनै गर्ने अवस्थामा छुइन। बाबा मम्मिलाई सम्झाउ भनेर भने। उ थोरै कुडीइ यो कुरामा पनि। जे कुरामा पनि मलाई हजुरले साथ किन दिनु हुन्छ त भनेर झगडानै पर्यो। २-३ दिन फेसबुकमै बोलेनौ। म ति कुरा बाट पन्छिन खोजेको थीईन मात्र मैले भबिस्य निर्माणलाई पहिलो प्राथमिकता दिएको कुरा उसलाई बाटएको पनि थिए। उसले मलाई स्वार्थी पनि भनीदीइ रिसको झ्वाकमा मैले केही उत्तर फर्काइन। उसको नजरमा म स्वार्थी देखिए पनि उसलाई कती माया गर्थे त्यो कसरी देखाउन सक्थे र? सबैकुरा सहिरहे।
२-३ दिन नबोले पछी उ नै फेरी बोल्न अाई। भ्यालेनटाइन डे नजिकिदै थियो। जे जे भयो त्यो भयो भनेर मैले माफि पनि मागे। भेट्ने कुरा पनि भयो। म उस्लाई सबै माफिका साथ घडी उपहार लिएर गए। चोभार जाने सल्लाह भएको थियो। उसलाई त्यसै गरी म लिन गएको थिए। चोभार पुगेपछी मैले आई लभ यु भन्दै गुलाब र घडी थमाइदिए। खुशी भएजस्तो गरी तर मलाई त्यतिले पुगेको थिएन तर पनि केही भनिन। उसले पनि मलाई हिजो बाहिर निस्कनै पाइन बिहान तिर कतै रोज पाइन यही लेर आए है २-४ दिन राख्नु अनी मलाई नै फिर्ता दिनु नि भनेर त्यही मैले पहिला बडो दु:खका साथ दिएको रोज हातमा राखेर लभ यु टु भनी। मैले यस्तो खुशीयालीपूर्ण दिनमा कसरी निरास पार्ने भनेर केही भन्न सकिन। फुल बोकेर आए। उ त्यस पछी एक्जाम आएको भनेर च्याट र फोनमा पातलिन थालि। अन्तत: हाम्रो सम्बन्धले बिश्राम लियो। आयुशले गहभरी आसु पर्यो। नरौउ भन्दा भन्दै मेरा पनि आशु झरे।
मैले फेसबुकमा अनी उ सँग भएको नम्बरमा फोन गर्ने प्रयाश गरे तर लागेन। फेसबुक पनि डीक्टिभेट रहेछ। आशा छ कुनै दिन सपनालाई भेटेर किन यसो भयो भनेर दुई तर्फी कुरा गराउने छु।
समाप्त।
समर्पण: माया गर्ने सबैलाई।
लेखक: आकाश जंग कट्टेल
Comments
Post a Comment