सपना भाग-१
#सपना-1
म त्रिचन्द्र कलेजको बिएस्सी फिजिकल ग्रुप चौथो बर्षमा अध्ययनरत विद्यार्थी। बसोबास बानेश्वरको ह्याप्पी होम होस्टल। आजको कक्षा सकेर कामको सिलसिलामा बालुवाटार पुगेर फर्कदा साझ ६ बजिसकेको थियो। कोठामा पुगेर कपडा चेन्ज गर्दा गर्दै बाहिरबाट "ढक ढक" आवाज आयो आधा कट्टु तान्दै कोहो भनेर भित्रैबाट भने। बाहिर बाट "दाई म आयुश भनेको आवाज आयो।" मान्छे चिनिसकेको थिए तैपनी कट्टु लगाइसकेको थीइन त्यतिकै नचिनेझै गरेर एकछिन समय मिलाउनलाई तिखो स्वर निकाल्दै भन्दिए-"को आयुश"। फेरी आवाज आयो- "म के दाई तपाईंको भाई।" उ सँग चिनजान भएको एक महिना जती भएको थियो घर मोरङ पथरी। दुबैजना पूर्बेली भएकाले बोलचाल राम्रो थियो। मैले कट्टु लगाइसकेर ढोका खोलिदिए। अनी हालखबर सोधे उसले सबै ठीक भएको बतायो। एकछिन दुबैजना बोलेनौ म फेसबूक खोल्न थाले। मौनता भङ्ग गर्दै उसले सोध्यो- "दाई तपाईं कथा लेख्नु हुन्छ रे हो?" मैले हो भन्ने ईशारामा कहाबाट थाहा पायौ भनेर सोधे। उसले आफ्नो रुममेटले मेरो हिजोको MRR को एकान्त कुना देखाएको भन्यो। मैले मुसुक्क हासेर मन पर्यो कि क्या हो भने, मन पर्यो दाजु मेरो पनि लेखिदिन पर्यो भन्यो। मैले के लेख्दिनु तिम्रो भने। उसले अली भावुक हुँदै भन्यो- "मेरो प्रेमकाहानी"। मैले नाइ भन्न सकिन। एकछिन तयार हुन्छु भने अनी मेरो डायरि झिकेर म लेख्न तयार भए। उ अली भावुक हुँदै सुनाउदै गयो म लेख्दै गए।
जुन ५, २०१६ हाउसफुल ३ को बेलुकी ७ बजेको सो को लागि सिभिल मलमा ४ वटा सिट बुक थियो म मेरा साथीहरु अनिश,दिनेश र भाई दिपेशका लागि। म मेरो एफ जेड मा दिनेश र अनिश आफ्नो डुकमा मेरो भाईलाई हालेर सिभिल मल पुग्यौ। १० १५ मिनेट छिट्टै पुगेछौ। छेवैको क्याफेमा चिया खान गयौ। हामी बसेको टेबलको पछाडि पट्टिको टेबलमा ४ ५ जनाको ग्रुप अगाडि देखिनै बसुरहेका थिए यसो हेर्दा लाग्य्थो कसैको पारीवारनै हो। राउण्ड टेबलको एकापट्टी कालो वान पिस लगाएकी,लामो अनुहार,गोरो चेहेरा गरेकी अन्दाजी मेरै उमेरकी केटी चियाको चुस्की लिदै गफ गरिरहेकी थिई। हामी बस्दै जादा म ठ्याक्कै उ तिर फर्केको कुर्सिमा परेछु। उसले पुलुक्क पुलुक्क हेर्थी म पनि उसले हेर्न थालेसि आफुलाई हिरोनै सम्झेर त्यसै गरी हेरिदिन थाले। कपाललाइ खुल्ला छाडेकी उनको आँखामा कालो गाजल चुच्चो चुच्चो पारेर लगाईेको थियो। दुबैहातका कुईनोले टेबलमा टेकेकी थिई। देब्रे हातमा अली खुकुलो गरी लगाएको घडी बेला बेला गफको सुरमा हास्दा माथितिर सर्थ्यो उ हात हल्लाउदै तलतिर सार्थि। हामी त्यहा बसुन्जेल ४ ५ पटक उसको वान पिसको छात्तिको भाग हेर्दै मिलाउदै गरि। मेरो बोकोपन भनु या भोकोपन म यि सब कुरालाई नजानिदो ढंगले याद गरिरहेको थिए। हामी आफ्नै विद्यार्थी जीवनका गफमा ब्यस्त भयौ, म ए लेभल पढेको विद्यार्थी आफ्नो कुराहरु साथीहरुसँग सुनाए। बेला बेला उनिहरुको सम्बाद सकिन्थ्यो क्यार मेरो आवाज मात्र सार्हो सार्हो सुनिन्थ्यो। चियाको पैसा तिर्ने बेलामा उस्को अगाडि सान देखाउन मन लाग्यो कि खै के भयो मैले नै पैसा तिरे। हुनत पर्समा १०० ५० का नोट नि प्रसस्त थिए तर हजारको निकालेर दिए।
एकैछिनमा हामी हलतिर लाग्यौ। चेकिङ को लाइनमा बसेर हलभित्र प्रबेश गर्यौ हाम्रो सिट नम्बर थियो F १७ १८ १९ २० म १७ नम्बर सिटमा बसेर कास्टिङ हेर्न थाले एक्कैछिन पछी त्यहा छेवैमा आवाज आयो- "excuse me! यो F row हो?" मैले छोरी मान्छेको आवाज सुनेपछी बोली आएको ठाउँ तिर हेरे। म झसँङ्ग भए त्यो आवाज त्यही चिया पसलमा भेटिएकी केटीको थियो। मैले हतपत हो भने स्वर खुलेन खस्रो आवाज आयो उ हल्का मुस्कुराएझै गरेर अली तल्तिर सम्म झरी र उसका अगी सँगै भएका सबैजनालाई लिएर अाइ म त्यो सब माथिबाट हेरिरहेको थिए। सबैजना १२ नम्बर सिटबाट बस्दै बस्दै आए उ लास्टमा थिई म हरेक ब्यक्ती बस्दै जादा मन मनै सिट गन्दै गए १२ १३ १४ १५ १६... उ मेरो छेवैको सिटमा थुचुक्क बसी भर्खर नुहाएर आएको जस्तो सि..रि..री.. उसको कपालमा लागाएको डोभ सेम्पोको वास्ना मतिर आयो। लामो सास तानेर लिए र एकछिन पछी मात्र ठुलो सास फ्याके उनको फुलजस्तो जवानीको बास्नाले म लठ्ठीसकेको थिए।
क्रमश:
Comments
Post a Comment