सपना भाग-५

#सपना (भाग-५)
फोन नै स्विच अफ गरिदिएपछी त के लाग्छ! देखेको भए त यती रातिनै भएपनी उसको घरमै गएर ढुङ्गा हान्नु जस्तो भएको थियो मलाई। रिस त उठेको थियो नि तर पनि फेरी accept पो गर्दिन कि भनेर देखाउन नहुने, आखिर रिजेक्ट नै गर्नलाई फोन समेत अफ गरेकी होला भन्ने लाग्यो। सोचे चेस खेल्दा खेल हारेर मन्त्री जोगाउनु को के अर्थ? आखिर जे हुनु त भकै छ भनेर अझै मेसेज थपिदिए भावनामा पग्लिएर- "सपना यो म भन्दिन कि तिमीले पनि मलाई मन पराउनै पर्छ, त्यो खुशी तिम्रो मनको हो। म यती भन्न सक्छु कि जब तिमीलाई देखे त्यती बेलै बाट मलाई तिमी प्रती आकर्षण सुरु भयो। तिमी सँग बोल्दै जादा मैले मेरो सपनाको संसारमा तिमीलाई लुकाइसकेको थिए। तिम्रो त्यो मिठासपूर्ण बोलि, व्यबहार, बिचार अनी सुन्दरता सबैले मलाई डोरी लगाएर कसेर ताने तिमीतिरै यो अबधिभरी। सोच्यौहोला केटाहरु यस्तै हुन्छन बोल्न साथ माया गरिहल्न पर्ने, तर मसँग त तिमीले नै बनाइ दिएका धेरै आधारहरु थिए, त्यो फिल्म हलमा भएको हामी बिचको सम्बाद अनी त्यो हात सबैले मलाई यती भन्न वाध्य बनाए। अरु जे सोच, तिमी हुन्छ भन्छौ भने जिन्दगीभर तिमीलाई साथ दिने कसम खाएर साथ दिन तयार छु। हैन हुन्न भन्छौ भने पनि कुनै कर छैन खुलेर सरी भन्न सक्छौ। अगेन आई लभ यु। म तिम्रो उत्तरको पर्खाइमा छु, आशा छ नकार्ने छैनौ। बाइ!"
बिहान पख भैसकेको थियो अनी निदाएछु। बिहान ९ बजेमात्र ब्युझिए, फोन गर्नु भन्दा पनि हतार हतार आँखा मिच्दै फेसबुकनै खोले तर केही उत्तर आएको थिएन अनलाइन पनि आएकी थिईन ऊ। फेरी मन हिजोकै हालतमा झरी गयो, कलेज गएकी होला फोन त के उठाउथी तै पनि एकचोटी मैले बोल्न खोजिरहेको छु भन्ने चाँही बुझोस् भनेर कल गरे तर फोनै उठो आत्तिएर बोले- "हेलो" एकछिन कुनै आवाज आएन। म डराए अरु कसैले त फोन उठाएन भनेर अनी अघी चिर परिचित मान्छेलाई नै भने जसो गरेर भनेको "हेलो" अब कुनै अन्जान ब्यक्तिलाई भेटदैछु जस्तो बनाएर बोले "हेलो, यो कहाँ पर्‍यो?"। सपनानै हासेको सुने। शायद मेरो दुईखाले बोलिले गर्दा उसको हासो छुट्यो। उसको बोली सुन्नसाथ मेरो मुखबाट छुट्नै आटेको हासोको भाब पनि बिलाएर गम्भिरता तिर पल्टिदियो। अनी सानो स्वरले भने- "हिजो किन फोन स्विच अफ गरेकी?" उसले अली हसिलो स्वरमा मलाई गिज्याएझै गरेर उत्तर दीइ -"त्यसै गर्न मन लागेर गरेकी।" मलाई उसको त्यो उत्तर सुनेपछी केही अरु सोध्न मनै लागेन। जिब्रो काटेको जस्तै गरेर सुनेर मात्र बसे। फेरी उ हाँस्दै बोली-"के भयो रिस उठ्यो?" म यता अर्कै टेन्सनमा पिरोलिएको बेला उ चै खुब खुशी भजस्तो गरेर मलाई नै जिस्क्यएझै गर्दै थीई। 
भनिदिए-"मान्छे यहाँ टेन्सनले रात भरी सुत्न सक्या हैन मज्जा छ है तिमीलाई त खुब खुशीमा छौ।"
अली नरम र भावुक पनि भैछ क्यार- "त्यसको लागि सरी" भनी। अली बौलाएको मन थोरै भएनी सम्हालियो। अब मज्जाले मैले बोल्न पाएको थिए। "आशा पनि छैन अब त उत्तर पनि त्यही सरी अाइ ह्याभ अ bf त होलानी" भनी दिए। उसको उत्तर अझै बाङ्गिन छाडेको थिएन। फेरी त्यसरिनै भनी- "थाहा थियो रैछ त फेरी प्रपोज गर्नुको अर्थ के? अर्काको लभ लाइफ बिगार्न मन लाग्यो हजुरलाई?" हिजो सम्म बोल्दा अतिनै मिठो लागेको यो हजुर शब्द त्यहा चै पिरो भएको थियो मलाई। मलाई यसरी उत्तर नपाईने भयो भनेर उसको ध्यान मतिर केन्द्रित गराउन भित्रैबाट अघी देखी उ प्रती लागेको तितो दबाउदै मिठो स्वरमा उसलाई बोलाए- "सपना" अली भावुक र गम्भिर भएजस्तो गरेर बोली- "हजुर भन्नु न" मलाई पनि भित्रको साहसि साहसमानले अब सोध भनेर अर्डर् गर्‍यो जे अर्हायो मुखले त्यही बोलिदियो- "तिम्रो उत्तर नो नै हो त?" उसले भनी-" तपाईंकै च्याटमा पढेकी, मैले के भन्ने त्यो मेरो मनको खुशी हो कर हुँदैन भनेर। तपाईंले त सोचेरै भन्नु भा होला यत्तिकै पनि मेरो लागि यो जटिल बनेको छ, मैले हात दिएकी थिए तर साथ दिनको लागि धेरैकुरा सोच्नु पर्दो रहेछ। यत्तिकै पनि म छोरी मान्छे। तपाईंलाई चिनेर नै निर्णय लिने बिचार थियो केही त तपाईंलाई चिने पनि, आज सोच्न दिनुस।" अब फेरी के भयो कुन्नी अलिकती रिसाइ- "तपाइलाई चै ठाउँ को ठाउँ उत्तर चाहिने है, म पनि के भन्ने भनेर तयारी भएर बसेको छु जस्तो लाग्छ क्या हो? म पनि तपाईंले भनेकै समयमा उत्तर फर्काउुछु त्यसरिनै यसको मत्लब यो नबुझ्नु कि मेरो उत्तर तपाईंकै पक्षमा पर्छ मैले नो भने भने पनि तपाईं रिसाउन पाउनु हुन्न नि" मैले हुन्छ भन्नबाहेक अरु केही बोल्न सकिन। फोन राख्यौ। 
दिन अब त्यही उत्तरलाई पर्खेर बिताउनु पर्ने थियो, सबै कुरा सम्झे- हलमा दिएको उसको हात, गरेको बिदाइ, स्टाटस अनी यती दिन सम्मको कुराकानी। सबै राम्रै त थिए, तर उसले नो पनि भन्न सक्छु भनेकी थीइ। उसको त्यही एउटा नो भन्न पनि सक्छु लाखौं पल्ट दिमागमा घुमी रह्यो अनी पोली रह्यो मन हल्का पिल्सिएको ठाउमा झन खुर्सानी दलेजस्तै भएर। एक-एक सेकेण्ड गनेर बिताउदा त एक घण्टा पनि एक दिन जतिनै लामो जस्तो हुदोरहेछ। कहिले त्यही समय कटाउन छतमा गएर आकाश तिर हेरिरहन्थे, मनका बिभिन्न भावना हरु कितावका पत्तामा हावाले हानेजस्तै गरेर फर्फराइ रहे, कहिले कुन पत्तामा गएर रोकिन्थ्यो त्यही बिचार मनमा आउथ्यो। अस्ती खुशीले हेरेको त्यही एेनामा गएर आज बिवश आफ्नै अनुहार हेरे २-३ पटक। 
बल्ल बल्ल अधेरो त पारे तर अझै १२ पनि बजाउनु थियो। आँफैलाई झपारे कती राती प्रपोज गरेछु भनेर। मलाई पनि बिचमा उसलाई फोन अनी च्याट गरेर आँफैमा बढीरहेको खुल्दुली अझै बढाउन मन लागेन। पर्खिरहे त्यो १२ बजेलाई, तर त्यो पर्खाइ रोगिले औषधी पर्खेजस्तो हुन्थ्यो या मृत्‍यु त्यो जान्न बाँकी नै थियो। 
बल्लबल्ल पर्खाइको घडी समाप्त भयो अन्लाईन गए, उ अाइसकेकी थिई। कुनै ढिला गरिन कुर्दा कुर्दा थाकिसकेको थिए, सिधै सोधे- "मलाई पहिला रिजल्ट चाहियो।" उताबाट टाईपिङ सुरु भयो तर ५ मिनेट सम्म पनि रोकिएन। पर्खिरहे १-१ सेकेण्ड गन्दै दिउसोझै। बल्ल उसको रिप्लाई आयो लामो.. एकछिन आँखा चिम्ले आँफैलाई suspense बनाए आँखा खोल्दा झट्टै रिप्लाई देखु भन्ने थियो तर देखिन पढ्दै गए। यस्तो लेखिएको थियो- "तपाइको प्रपोज आउछ भन्ने शायद मैले पहिले नै बुझी सक्नु पर्ने कुरा हो र केही बुझेको थिएपनी, आकर्षण मलाई पनि भएको थियो तपाईंप्रती। तपाईं जस्तो केटामाथि आकर्षण नहुने केटी शायदै हुन्छन होला त्यो म बन्न सकिन, मन तपाईं तिरै गयो। तर एउटा कुरा हामी केटीहरुलाई बाध्यता छ कि कसैलाई पनि हामीले सहजै स्विकार्न मिल्दैन, मिल्थ्यो त तपाईं पनि अर्कै रेड लाइट एरियामा पाउने केटीको उपनाम दिन पछी पर्नु हुन्न थ्यो। तपाईंका हरेक बोली, व्यबहारले मलाई पनि तान्यो। तर प्रेम खुशीमा ब्यक्त गर्नु पर्छ, बेखुसिको अाइ लभ यु त आज भोली पैसामा पनि किन्न पाईन्छ। जे जती तपाईंलाई बुझेको छु सबै कुराले तपाईंलाई मन पराएकी छु, अबको दिनमा म यत्ती चाहन्छु कि मैले कहिल्यै यही प्रेमबाट धोका नपाउ, लभ यु टु handsome आयुश।"
म यती पढिसकेर खुशीको कुन यान बनाएर हावामा उडेको थिए कुन्नी! उफ्रिदिए यतीकै कोठामा अनिश पनी ब्युझियो, कस्लाई सुनाउ सुनाउ हुदोरहेछ उ त झन मेरो साथी भनीहाले। अनी उसलाई नै फोन गरे मेरो खुशी देखेर उ पनि अचम्मित भै अनी मैले भोली उसको कलेज सकिने टाइममा आफु कलेज अगाडि लिन आउने भने उसले एकछिन त मानिन लाज लाग्छ भन्दै तर मेरो जिद्दिलाई स्विकारीनै। फोनबाट छुट्यौ, मैले ट्यो रात नम्बर भएर पनि फोन नगेरका कती साथीलाई त्यती राती पनि फोन गरेर बोलिदिए। खुशी छछल्किएर यता पोखिन्छ कि उता पोखिन्छ झै भैरहेको थियो। 
उसैलाई भोली भेट्ने कुरा सम्झदै सुते। 
क्रमश: 

Comments

Popular posts from this blog

एयरपोर्ट डायरी!

सपना भाग-१३

सपना भाग-१०