सपना भाग-१२

#सपना (भाग-१२) 
आयुशले खाएको तालमा पिडा अघी पोखिदिएर गयो। यद्दपी कथाको अन्त्य भने त्यो थिएन। पाठक र लेखक मलाई कारण चाहिएको थियो। कारण त्यो कारण जसले उनिहरुबिच जोडीएको एक मुटु एक मनलाई दुई टुक्रा पारीदिएको थियो। फेरी आयुश सँग भेट भएन। नयाँ बर्षमा घुम्न गएको रहेछ। हिजो बेलुका फेरी त्यही माफिका साथ मेरो कोठामा देखा पर्‍यो। मलाई माफि हैन कथा र कारण चाहिएको थियो। एकैछिनको गन्थन पछी सदाझै म लेख्न तयार भए उ भन्दै गयो-
गोदावारीको त्यो डेटिङ पछी हामी झन-झन धेरै नजिकियौ। कसैले एउटा बिज्ञानको नियम प्रतिपादन गर्छ भने गरिदियोस कि "प्रेम दुईजनाको आत्मियता सँग समानुपातिक हुन्छ।" आत्मियताले हामी दुबैलाइ यती धेरै खप्टेर कसिसकेको थियो कि फुत्कन सक्ने सामार्थ्य नै थिएन न त चाहना नै! सपना धेरैजसो आफ्नो कलेज छुट्टी हुनसाथ मलाई फोन गरी हाल्थी। कुनै दिन आज अली काम छ है भन्दा उ फोनै काटेर रिसको झट्टी हानिदिन्थी। म माफी माग्दै एकैछिन भए नि पुगिहल्थे। उ पाउरोटी झै फुल्लिरहन्थी। म हसाउन अनेक प्रयाश गर्थे। 
एकचोटी च्याटमा उसैले भनेकी थीई-"हाम्रो सानो परिवार बनाएर बस्नु पर्छ है मिलेर! हजुर राजा बनिस्यो म रानी बन्छु भनेर" साथै एउटा जिब्रो टोकेको ईमो पनि जोडीदिएकी थीइ। जवाफमा मैले "दर्जन नभए त आजभोलि केही पनि बिक्दैन" भन्दै जिस्काएको थिए। उ "बाफ्रे म त मर्ने रहेछु" भन्दै धेरैबेर हासेको ईमो पठाइरही। साच्चै! मेरो मन भित्रको दरवारकी रानी त उ बनिसकेकी थीई। कल्पनाको दरवार त आँखा चिम्लिएपछी बनिहल्थ्यो बिपनाको दरवार कुन झुपडी हुन्थ्यो या अरु केही पत्तो थिएन। 
एकदिन त्यसरिनै कलेज सकिएपछी फोन गरेकी रहिछ म साथीहरुसँग फिल्म हेर्न जाने तरखरमा थिए। भेट्न आउन भनी मैले आज ब्यस्त छु भन्दिएको मात्र के थिए फोनै काटिदीइ। म साथीहरुसँग आफु जान नसक्ने भन्दै उसलाई भेट्न हुइकिए। फोन उठाइन पर्खिरहेकी रहिछ। म    त्यही कुरा निकालेर हसाउने प्रयाश गर्न थाले। मन्द स्वरमा उसले मात्र सुन्ने गरी बाईकबाटै बोले "सपना २ वटा मात्र जन्माउने नि त, छोरा तिम्रो छोरी मेरो।" उसले लुकाएर राखेको मुखको मुस्कान फ्यात्तै फुस्केर निस्कियो। फुस्किएको मुस्कान समेट्दै उतै फर्केर "जन्माउनु नि त" भनेर अझै फन्किरहि। शायद! सबैभन्दा मानिसमा नलुक्ने कुरा भनेकोनै मुस्कान हो, उसले पनि लुकाउन सकिन कती रिसले छोपेर ताल्चा मारेकी थीई कुन्नी! फोरेर निस्किहाल्यो।
मैले हातैमा समाएर उसलाई मतिर तानेर भने- "त्यही त यो सपना बिना मेरो त्यो सपना पुरा हुनै सक्दैन नि त।" उसले "खुबै!" भनेर बनावटी रिश अझै देखाउदै थपी-
"म चाहिन्थ्यो भने भेट्न बोलाँउदा चै किन आउदिन भनिस्या त? फिल्म हलमा अब अर्की खोज्न जान लागिस्या होला नि!"
म उसैको लवजमा भन्थे- "आउँदा चाँही किन रिसाइस्या त?" रिस उसलाई म फिल्म हेर्न जाने भनेकोले लागेको रहेछ। अझै पुरा रिस हाराइसकेको रहेनछ "बोल्दिन म कट्टी!" भनेर धारे हात घाटिमा राखिदीई। शायद! प्रेम जती गाढा बन्दै जान्छ त्यती प्रेमी प्रेमिका केटाकेटीपनमा जान्छन। केटाकेटिको जती निस्छल माया अरुको हुन नसक्ला नत्र त्यो जिद्दिपन, प्याउलोपन र माया सबै प्रेमी प्रेमिकामा हुने थिएन। हेर्दाहेर्दै उसका आँखा रसाए। मैले "सरी" भन्दै यताउता हेरेर उसको आसु पुछिदिए। १-२ ढिका आसु हासो सँग मिसाउदै रुन्चेहासोमा "आफुलाई चाँही कस्तो हेर्न मन लाग्छ" भनेर मेरो हात समाइ। मैले हिडन त तिमीपनी फिल्म हेर्न भनेर प्रस्ताव गरे। उसले घरमा कराउने भन्दै हुन्न भनी। त्यसो भए गार्डन अफ ड्रिम्स जाउ भने उसले "हुन्छ तर छिट्टै फर्कने है त" को सर्त राखी मैले लिएर गए। 
उ आफ्ना ब्यतिगत कुराहरु पनि लुकाउन छाडेकी थीई मिन्च भको देखी लिएर अफ्ट्यारो लाग्ने नलाग्ने सबैकुरा भन्न थालेकी थीई। उसका र मेरा ओठहरु एकान्त देख्नै नसक्ने भेएका थिए। एक अर्कालाई पछार्न तम्सिहाल्ने! धेरै बेर लडाईं गरिरहे तर हारजित कहिल्यै नहुने त्यहा पनि भएन। हामी एक अर्काको काधमा हात राखेर धेरैबेर कुरा गरिरह्यौ। उ हरेक बोलाइमा एउटा मुस्कान फुत्त फालिदिन्थी मलाई उपहार बन्थ्यो, उसकै मुहारको मुस्कान टिपेर मेरो मुहारमा जोड्थे म। भन्दै थीई आज मिन्च भएकी छु उठ्दा त पछाडि पट्टी पेण्टमा टाटो लागेको रहेछ। उ के गरौ के गरौ भै। मैले पनि यस्तो समस्या झेलेको थीईन। झट्टै यही सोध्न पुगेछु- "अनी प्याड लगाको थिएनौ?" भनीसक्दा के सोधेछु भनेर आफ्टेरो लाग्यो। तर उसले पनि सामान्य जस्तै गरेर उत्तर दीइ- "लगाको थिए तर चेन्ज गर्न बिर्सिएछु" मैले आफ्नो ज्याकेट उसलाई कम्मरमा बाध्न लगाए र बाहिरसम्म लिएर आए ब्लड ज्याकेटमा पनि भित्रपट्टी त लागेको हुदो हो तर बाहिर देखिएन। उसलाई सधैं छाड्ने ठाउँ सम्म पुर्याइदिए। फोहोर भैसकेको ज्याकेट उसैले धोइदिन्छु भनेर लगी। हामीलाई अब आफ्ना ब्यतिगत समस्याका कुराहरु सुनाउन सामान्य लाग्दइ गयो। शायद! प्रेमी भनेको अत्यन्तै मिल्ने साथी पनि त हो। 
दशै आउन हप्ता दस दिनजती बाँकी भएको हुदो हो। उसले एकबिहानै फोन गरी। कलेज आउँदै रहिछ। सार्है याद आयो र फोन गरेकी भनेर मायालु भै। उसले बिहानै फोन गर्नुको अर्थ धेरैजसो यस्तै हुन्थ्यो। आज त कलेज जानपनी कती अल्छि लागेको छ भनेर कछुवाकै गतिमा भनी। मैले आउ न त यता अल्छि लाग्यो भने भनेर जिस्किदै भन्दिए। उसले आउनु न त लिन भनेर फ्याट्टै जवाफ फर्काइ। मैले साच्चै! भनेर पुन: सोधे। उसले साच्चै! भनेर कोटेश्वर चोकमा आउने भनी। म हतार हतार गरेर पुग्दा ८ बज्नै लागेको थियो। ढिला हुँदा पनि त्यो दिन भने उ रिसाइन। छुट्टै चमक थियो अनुहारमा। 
मैले नगरकोट जाम भन्दिए। आज घरमा कोही हुनुहुन्न हाम्रो घर जाम न! भनेर उल्टो प्रस्ताव राखी। मैले नाइ भन्न सकिन, धेरै अघिदेखी आफ्नो ससुराली घर हेर्न आतुर मलाई कता-कता मनमा चिसो लागिरहेको थियो। उ बाटो देखाउदै यता उता भन्दै गई मैले त्यतै बाइक हुक्याइरहे। नभन्दै ससुराली घरमा पहिलोचोटी प्रवेश पाइयो। उसले आफ्नो कोठामा लगेर ढोका लगाइ। आफु मेरै अगाडि कपडा चेन्ज गर्न थाली। मेरो पनि सुतेको मन्त्रिले ढोका ढक्याउन थाल्यो। शायद आज मेरो चेस गेममा मन्त्री सार्नुपर्ने दिन थियो। 
क्रमश:
कथाको यो भाग सकिदासम्म आयुशले कुनै कारण देखाएन कथाको अन्तिम भाग छिट्टै आउनेछ शायद! त्यसमा छाड्नुको रहस्य सबै खुल्नेछ प्रतिक्षा गर्नुहोला।       
  
   

Comments

Popular posts from this blog

"गार्डन अफ ड्रीम्ज" डायरी!

प्रेम लुकेको हुन्छ!

सपना भाग-११