सपना भाग-७
#सपना (भाग-७)
बेलुका च्याटमा बोलाएर भनी "यु वेर लुकिङ वेरी ह्यान्डसम"
मैले मुसुक्क हासेको इमो पठाए, हासेको ईमो मात्र थिएन म आफै पनि हासेको थिए।
फेरी "माइ हिरो" लेखेर हासेको इमो जोडी दीइ उसले पनि।
“तारिफ धेर भयो बेडबाट हाम फाल्छु है म।” रिप्लाई गरे।
फेरि “मैले म त तिमीलाई जती शब्दले बर्णन गर्दा पनि कम हुन्छ के लेखौ” टाइप गरेर पठाए।
सँगसगै "मस्ट बीउटिफुल लेडी आई ह्याभ इभर सिन" थपे।
उ मुस्कुराएको भाव देखाउदै होला “हइ” लेखी।
साच्चै! सपना मेरो लागि सपनै जस्ती थीई तर दिउसो देखिएकी। सपानकै परी जस्ती, जसको चित्राङ्कन मैले सपनामा मात्र गर्न सक्थे तर यहा त बिपनामा पनि उसैलाइ पाएको थिए। म उसको प्रेममा यती डुबिसकेको थिए कि लाग्थ्यो म त्यहा बाट कहिल्यै निस्कने छुइन र सक्दिन पनि। एक-एक क्षण म उसैको यादमा बिताउथे,कुनै यस्तो समय हुन्न थियो जतिबेला उ मेरो दिमागमा हुन्नथी। उ पनि एकछिन फ्री भई भने मलाई फोन गरी हाल्थी अनी कि फोनमै बोल्थी कि अन्लाईन आउन भन्थी। तर बिहान बेलुका चाँही एकै छिनमा कहिले बाबाले कहिले ममिले कराउनु हुन्छ भन्दै जान्थी। हामी बिशेष बोल्ने बेला उसको कलेज सकिएर घर पुगेसी बेलुका ४ बजेसम्म हुन्थ्यो। हामी च्याटमा बढी जिस्किन थालीसकेका थियौ, उ पनि भन्थी मलाई हजुर सँग कुरा गरेन भने त खल्लो लागिरहन्छ। म चिनी हाल्नु पर्छ नि त भन्थे। यस्तै बिभिन्न कुराहरुमा हासी मजाक चलिरहन्थ्यो। कहिले म किस को इमो पठाउथे, उ केटा मान्छे को सक्कली रुप आयो भन्दै गिज्याउथी। म हासिदिएको भाव देखाउथे।
उसको घरमा बाबा ममी र उसको भाई थिए। त्यो फिल्म हेर्न चाँही उ अंकल आण्टीहरु सँग गएकी रहिछ। उ सँग त्यही क्याफे बस्दा धेरै कुरा गरि घरका। बाबा मन्त्रालयको उपसचिव र ममी नर्स हुनु हुदो रहेछ। भाई ७ कक्षामा पढ्दै छ भन्थी। उसले मेरो परिवारको बारेमा त पहिले सोधेकी पनि थीई तर मैले उसको परिवार बारे सोध्न बिर्सिएछु। त्यो क्याफे बसाइले धेरै कुरा एक अर्काको बारेमा थाहा भयो। “मेरो बाबा ममिनै ब्यापारी हो घरमा सामसुङ डिलर र मेडिकलको होलसेल बिक्रेता हौ” उसले सोध्दा जवाफ दिएको थिए। शायद! केटीहरुलाई प्रेममा सबै कुराहरुको जानकारी हुनुपर्छ, म त कस्तो बुद्धु! खाली उसको बारेमा मात्र सोधी खोजी गर्थे। अनी केटा र केटीको प्रेमको फरक पनि यही होला केटी केटा सङ्सङै केटाको घर व्यबहार राम्रो चाहन्छे तर केटा जो कसैलइ प्रेम गर्छ उसलाई केटीमा उसले खोजेको कुनै गुण र ब्यबहार र अनुहार राम्रो भए पुग्छ।
उसले अर्को शनिबार मैले घुम्न जाउ भनेको प्रस्ताव घरमा साथीहरु सँग घुम्न जाने हो भनेर मिलाए भन्दै बिहीवार स्विकार गरी। यता फुल बोकुवा भएर आँफै भित्र पानीमरुवाको परिचय बनाएको मैले उसलाई त्यसरी फुल लिएर आएको तर दिन नसकेको भनेर सुनाएको पनि थिईन, किनकी त्यो सुनाउदा मेरै बेईज्जती र साहस माथिको अट्टाहस हुने डर थियो। म अलिकती पनि उसको छेउमा कमजोर बनेर देखिन चाहान्नथे। मलाई उसको राजै बन्न मन थियो उसको मनको महलमै बस्न मन थियो, राज गर्दै। त्यसैले मन मनै यो प्रण गरेको थिए कि अबको भेटमा जसरी भएपनी उसलाई यो गुलाव दिदै भन्ने छु "आई ट्रुली लभ यु सपना"।
उसले मलाई शुक्रबार बेलुका “म के लगाउ भोली?” भनेर सोधी। म हासे यो खुशीमा कि अब उसलाई लगाउन समेत मेरो च्वाइस चाहिन्छ,मेरो खुशीको रङमा रङ्गिएर सजिन चाहन्छे उ, अनी मलाई पनि मेरै खुशीले रङ्गाउन चाहन्छे। प्रेममा सत्यताको आभास पनि त्यतिखरै हुदो हो जतिखेर एकअर्काको खुशीको बन्देज भित्र आँफैलाई समर्पण गरेर कसेर! राखिन्छ। मैले “जे लगाएनी हुन्छ तिम्रै खुशी” भने। मेरो च्वाइस नै त उ थिई भने उसले जे लगाउथी ति मेरा च्वाइस थिएनन भने पनि अब च्वाइस बन्दै जान्थे। भन्न त मलाई यो मन भित्रको न्यानो मायाको जे-जे बनाउन मन छ त्यही लगाउ भन्न मन थियो अनी यो माया कपडा हुन्थ्यो त शायद उसले जती लागएपनी सकिने थिएन सुरुवात थियो तर अन्त्य कहिल्यै भेटिने थिएन। अन्त्यमा उसले कुर्ता लगाउन “मलाई कती मन पर्छ इष्टर्न वेयरमा आउछु है” भनी। मैले “हुन्छ” भनिदिए, अनी मनमनै उसलाई कुर्ता लगाएर हेर्न थाले। कल्पना सबै साकार हुन्थ्यो त उसको र मेरो छुट्टै संसार हुन्थ्यो, जित आधा आधा हुन्थ्यो अनी हार नि बराबर हुन्थ्यो। मेरा अनेक कल्पनाहरुमा उ कहिल्यै नराम्री भएर निस्किन, सधैं खुशीमा हासिरहन्थी मुस्कुराइ रहन्थी।
मैले फोन गरेर सोधे “भोली दस बजे त्यही पहिला छाडेको ठाउमा लिन आउछु है? कि...??” । उसले LA कलेज पस्ने बाटोतिर कतै बसिराख्न भनी शायद ढाटेर आउँदा थाहा हुन्छ कि भन्ने डरले होला। मैले “हुन्छ तर ढिला नगर्नु फेरी केटीहरुलाई त सिङ्ग्रिन धेरै समय लाग्छ” भन्दै जिस्काए। उसले "हजुर पनि जे पायो तै" भन्दै हासेर फोन राखी।
दोश्रो पटक उ सँग भेट हुँदै थियो मेरो म पहिलो भेटमा जस्तै आफुलाई जती सक्दो हिरो बनाएर गए एक-एक कुरालाई जती सक्दो ध्यान दिएको थिए। पहिरन कपडा फेरिए पनि उस्तै खालको थियो। आज चाँही फुल बोक्न अली ठुलो वाईन्ड चिटर खाल्को तर अली बाक्लो ज्याकेट लगाए त्यो पहिलो ज्याकेटलाई तँ अनलक्की भन्दै राखिदिए। हिंड्ने बेलामा नि “आउँदै गर है” भनेर फोन गरेको थिए, त्यो दिन लाज अली हटेको थियो क्यार कुन्नी! हेलमेट झिकेर खुल्लै भएर LA जाने बाटो छेउकै क्याफे अगाडी रोकिए। फोन गर्न लाग्दै थिए अली परतिर देखीइ उ।
हल्का हरियो रङमा गाढा फुलबुट्टा भएको लाई छोटो-छोटो कुर्ता भएको चुरिदार कुर्ता सलवार लगाएर कपाल खुल्ला छाडेर आएकी थीइ। देब्रे हातमा त्यही हलमा भएको पर्स जस्तै सानो ब्याग थियो। कती सुहाएको थियो बर्णन गर्नै सक्दिन। उसलाई नसुहाउने कुरा त म मात्र हुँ जस्तो लाग्थ्यो मनमनै। गोरो लामो चम्किलो मायालु चेहेरा, हल्का गाजल पोतेका आँखा, मिलेको सलक्क परेको सुगठीत शरीर झन्डै मेरै जत्रो उचाइ थियो। पहिला उसको जवानीमा आकर्षित मलाई उसको व्यबहार र आचरणले यस्तो बनाइसकेको थियो कि उसको भित्री सुन्दरताको अगाडि बाहिरी सुन्दरता कम हो। म उसैले बोलाओस भनेर यता उता हेर्दै नहेरी मोबाइल चलाएझै गरेर बसी रहे। छेउमै आइपुग्दा त्यही उसको कपालको वास्ना अघी-अघी आयो मेरो नाकमा ठोकिन। म अझै फोन तिरै हेरेर टाउको उठाएको थीईन। उसैले दाहिने हात उठाउदै लाज मिसिएको हासो निकाल्दै हाइ! गरी। ति मिलेका चम्किला दात देखिएको हासो अनी गुलाबी रङ्गकै लिपस्टिक लगाइएका ओठ देख्दै म भित्र भित्रै जलिसकेको थिए। अनी ति हातका चिटिक्क परेका औंला, रातो नेल पोलिस भर्खर लागाइका जस्ता नङ थिए। सोचे! उसलाई कुन कोणबाट कहानेर नराम्री भनौ अह! म जती खोज्न पाएपनी सक्दिनथे। हाइ! फर्काएर टाईममै आयौ भने। जवाफ फर्काइ- "हजुर आई पुग्नु नै भयो होला भन्ने सम्झदै आएकी थे आई पनि पुग्नु भएछ"। उसलाई पछाडि बस्न भने। तर आज दुबै खुट्टा एकैतिर झुन्ड्याएर बसिदीई। कहिल्यै त्यसरी एकैतिर राखेर नबोकेको मलाई अब लडाउने पो हुँ कि भन्ने फसाद पर्यो, कतै हल्लिने पो हो कि जस्तै गरेर पुर्याए मौसम अली गडबड अघी देखिनै थियो हामी गोदावारी गार्डन भित्र पसेका मात्र के थियौ पानी छिट्याउन थाल्यो मैले त्यही पनि हामी त्यो ग्रिन हाउस भन्दा माथि तिर लाग्यौ एकान्त खोज्दै। अली माथिपट्टी एउटा ठुलो रुखको पछाडि मैले उसलाई बसौ भने। उ हजुर बसी स्यो न भनेर उभ्भी रही।
मलाई गोजिको गुलाबले आज पनि मलाई डुलाएर मात्र लैजाने भईस भनेर गिज्याइ रहेको थियो। एक मनले त झट्टै उडेर त्यो गुलाब उसको त्यो ब्याग भित्र पुगिदिए पनि हुन्थ्यो भनेर सोची रहेको थियो। तर त्यहा त्यस्तो चमत्कार हुनेवला थिएन। आँफैले आफ्नै साहसलाई साहसको औषधी खुवाए र यो भन्दा अर्को मौका आउँदैन भनेर सम्झाए, यता उता पुलुक्क हरे कोही देखिन अनी झट्टै हल्का झरिमै घुडा टेकेर उतिर फर्केर फुल दिदै "आई ट्रुली लभ यु सपना" भनेर निहुरिए। उसले हल्का लजाएझै गरेर फुल समाउदै "लभ यु टु" भन्दै मेरो हात समाएर उठाइ। मलाई केही मात्रामा लाज भएपनी मन रुवाझैँ हलुका भएको थियो।
दुबैजना बस्यौ। पानी झन बढ्न थाल्यो। कुनै फिल्मको काहानी जस्तो भएको थियो यो बातावरण फरक यती थियो कि यो कुनै फिल्म सुटिङ थिएन। उसको एकसरो लुगा भिजी पनि सकेको थियो। मलाई के गर्नु गर्नु भयो, त्यहा आएर त्यतिकै जाने मन लागेन। ज्याकेट खोलेर आधा आधा गरेर उसलाई पनि ओढाए। यदी हामीलाई कसैले देखिरहेको हुन्थो त छेउमा क्यमरामेन खोज्थ्यो होला। यो सबै त्यही पानीको देन थियो एक मन त पानीलाई पनि धन्यवाद भन्न मन लाग्याथियो। उसले गुलाब आफ्नो ब्यागमा राखी झन्डैले नअटेको! मैले नै मिलाएर अटाइदिए। उ खुशीले होला झनै चम्किलो अनुहार लगाइरहेकी थीइ।
मेरो पुरुषत्व मानेन! उसलाई दाहिने हातले अङ्गालो हाले। उसको जिउबाट छुट्टै मिठासको सेन्ट आइरहेको थियो, उसैको मायाले नशालु भएका आँखा हल्का निहुराएर उसका ओठमा मेरा ओठ पुर्याए, फितलो घर्षण सुरु भयो। बाहिरबाटै किस गर्न थाले हल्का गरेर उसका ति गुलाबी ओठ छाडिदीइ, हामी दुबैका आँखा बन्द भए म उसका ओठमा मेरा ओठ मिसाउन थाले। उ बेहोसिझै गएर बिस्तारै जिउ मतिर छाड्दै गई मेरो देब्रे पाखुरामा सुम्सुम्याउदै काधमा हल्का समाइ। दुबैका आँखा बन्द थिए ओठ एक अर्काका ओठमा सल्बलाई रहेका थिए। उसको सास बढेर मुटुको धड्कन ठुलो आवाजमा ढुक-ढुक गरिरहेको थियो।
क्रमश:
Comments
Post a Comment