सपना भाग-२


#सपना-(भाग २) 

भाग १ लेखिसक्दा ८ बज्नै लागेको थियो कथालाई मैले ८ बजे नै पोस्ट गर्छु भनेर भनी सकेको थिए। पोस्ट गरेर खाना खायौ। खाना खाँदै गर्दा मैले भने कथा त लेखियो भाई तर अब यो बाहेकका अरु कथाहरु तिमीले मलाई एक-एक पललाई कतै नछुटाइ भन्नुपर्ने छ। बाँकी काटछाट म गरी हाल्छु। उसले हुन्छ भन्यो। राती उस्लाई मेरै रुममा सुत्न भनी बोलाए, आज भोली विद्यार्थी कम भएकाले मेरो रुमको अर्को बेड खाली थियो। एकैछिन म उसलाई भावनात्मक बनाउन कोशीष गर्दै गए। उ छिट्टै ईमोशनल हुदो रहेछ भन्दै थियो स-साना कुराले नि खुब छुन्छन अचेल। १० बजेबाट फेरी उ मलाई कहानी सुनाउन थाल्यो म फेरी लेख्दै गए।
जब उ मेरो छेउमै आएर बसी मेरो होस हवास उडेजस्तो भयो, मुटु पुरा पाट विल्सनले बजाएको ड्रम सेटजस्तो बज्न थाल्यो। लाग्थ्यो कसैले हजार केजीको ह्याम्मरले मेरो छात्तिमा जोड-जोडले हनिरहेको छ र ठूलो आवाज निस्कनेवाला छ। मेरो हात मुठ्ठी परेका रहेछन खल खल पसिना आएजस्तो भयो। आँफैमा तात्तिएको थियो मेरो जिउ तर ताप कतैबाट आएको थिएन। 
फिल्म सुरु भयो बत्ती निभ्यो म यता बाघले ५ कोश खेदेको मृघजस्तो भैरहेको थिए। के गरु कसो गरु केही दिमागमा सुझिरहेको थिएन। मुठ्ठी परेका हात फुकालेर दुबै तर्फका चिया होल्डरको माथि राखे। मनमनै मनका भमराहरुले कुत कुती लगाइरहेका थिए। फिल्म हेर्दा आँखा पर्दातिर भएपनी मन र मेरा सबै ज्ञानेन्द्रियहरु म देब्रेपट्टिको कोमल गुलाबी फुलमा आकर्सित भइरहेका थीए। कसै गर्दा नि ध्यान फिल्म तिर मोड्न सकिन, आँफैसँग रिसाएर मेरा मनका तरङ्गहरु खल्बलिन थाले। सम्हाल्न खोजे तर सकिन, एक मनले भनिरह्यो chance never comes twice from a same door यसो सम्झे हो जस्तो लाग्यो। तबसम्म पनि उ तिर फर्कने आट म भित्रको लाजालु साहसले दीइरहेको थिएन। हिम्मत हारिन यसो टाउको पड्काएझै गरेर उतिर हेरे उसले पनि पुलुक्क हेरी। उसले पनि आफ्नो दाँया हात मेरो छेवैको चिया होल्डरमा राखेकी रहिछ।
अब म भित्रको सबैभन्दा ठुलो साहसी बादशाहले chance मार भन्न थाल्यो। तर लाज र डरले बादशाहको साहसलाई अघिनै देखी पछार्दै चिथोरिरहेका थिए। म बिचरो के गर्ने कसो गर्ने भनेर रनभुल्लमा थिए। सोचे पहिला पुलिस सारेर नै चेस गेम सुरुवात गरिन्छ मन्त्री पछी निकाल्ने हो। आत्तिएकोले होला मन्त्री आफ्नै क्वाटरमा गुजुक्क परेर निदाइरहेको थीयो। मज्जाले लामो सास लिएर फ्याके जे पर्ला पर्ला भनेर मेरो पनी हातको कान्छी औंला चेसमा पुलिस सारेझै उसको कान्छी औंलामाथि चढाइ दिए। त्यो पहिलो स्पर्श थियो मेरो र उसको। मलाई जिते सबै जित्छु हारे त्यही औलाको स्पर्शलाई नै अन्तिम बनाउनु जो थियो, रिसाइ भने झुक्किएर राख्दा छोईेएछ सरी भन्ने प्लानिङ्ममा थिए। शायद त्यतिखेर मेरो मुटुको धड्कन नापिन्थ्यो भने गिनिज बुकमा रेकर्ड राख्थ्यो होला।
जिउ डरले कामिसकेको थियो तर औंला उसको हातबाट निकालेर अर्को गल्ती गर्नेवाला म थीइन जे हुन्छ हुन्छ भनेर राखिराखे। मेरो साइडमा भएको अनिशले केही सुइको पाएको हुदो हो बेला बेला आँखा म माथि बटार्थ्यो। म अन्जानझै बनेर उसले के गर्छे भनेर प्रतिक्षामा थिए। 
लग भाग ५ मिनेट सम्म पनि उसको कान्छी औंलामाथी खप्टिएको मेरो औंलालाई निकालिन उसले। यता म भने मेरा सुकेका ओठ तालु अली मथ्थर हुँदै थिए। म भित्र अर्को सहसमानको जन्म हुँदै थियो। फिल्म कता पुग्यो के भयो लगभग मेरो दिमाग बाट उडिसकेको थियो। मात्र बकुल्लोझै नबनुम भनेर सबैजना हाँस्दा हासिदिन्थे। खै उसले पनि बुझेझै गरेर हास्थी तर त्यो मेरो जस्तै हासो थियो या अरु केही त्यो बुझ्न सकिन। 
खेल सुरुवात भैसकेको थियो मेरो पुलिस मैदानमा उत्रिदा त उसले कुनै प्रतिरक्षामा उत्रिन भने अब झन म काउन्टअर अट्ट्याक गर्ने सोचमा उत्रिए। यो पनि थाहा थियो कि बेला बेला काउन्टर अट्याकमा बिपक्षी बलियो पर्‍यो भने लोप्पा खाइन्छ। तर मेरो मनले जितिसकेको थियो, खेल पुन अगाडि बढाउदै मेरो देब्रे हातको साहिलि औंला चेसको घोडा जस्तो फुत्त उसको साहिलि औंलामाथि चढाइदिए। उसले के प्रतिकृया देली भनेर फेरी पनि आत्तिरहेको थिए। 
मेरो त्यतिसम्मको चाललाई फील गरिरहेकी उ अझै निस्कृय रही। मात्र पुलुक्क मतिर हेरेर एउटा मुस्कान छाडि, आवाज बिनाको मन्द मुस्कान जसमा उसको मुख र गाला मात्र तन्किएका थिए। मलाई फिल्ममा हाउसफुल-३ हैन २१ घण्टाको महाभारत लगाउन मन लागि रहेथ्यो र त्यसैगरी रमाइराख्न मन थीयो, त्यो भन्दा लामो अरु कुनै थिए भने अरु अरु पनि। फिल्म आधा भएछ, बत्तिहरु बले। मैले पनि उनको स्पर्श बाट मेरा औंलाहरु निकालिदिए। 
हामी सबै जना बाहिर निस्कियौ उसको ग्रुप हामीभन्दा अगी थियो। मेरा आँखा उसैलाई हेरिरहेका थिए। अनिश पफ्कन लिनलाई लाइनमा बस्यो हामी सबैजना छेवैमा पर्खेर बस्यौ उनिहरुको ग्रुपबाट पनि एक जना जवान जवानै देखिने लोग्ने मान्छे लाइनमा बसे उनिहरु हाम्रो अपोजिटमा त्यसै गरी उभिए। बेला बेला गफ गर्दै पुलुक्क मतिर नजर लगाउथी उ। म पनि मेरो नजर उसैमाथि लगाइ रहेको थिए। म सक्दो मेरो मुटु बाट उसको मुटुमा तिखा वाणहरु हानिरहेको थिए उसलाई लाग्थे या लाग्दैनथे उही जानोस। केटाहरु सबै के छ त गोल्डेन सिट पाइयो है भनेर जिस्काउदै थिए। भाई सँगै भएकाले केही भनिन अनिशलाई हल्का कानेखुसी गरेर सुनए उ हैट! भनेर हास्यो। म पनि हासे। 
 फिल्मको सेकेन्ड हाल्फको लागि फेरी भित्र पसियो, यता मेरो पनि गेमको सेकेण्ड हाल्फ हुनेवाला थियो। ऊसलाइ चेसमाझै चेक दिेएर जित्न चाहान्थे। म हिंड्ने बेलामा ट्वाइलेट जान्छु भनेर ट्वाइलेट छिरे यसो गर्नुको कारण म लास्टमा पुगेर फेरी त्यही सिटमा बस्न पाउ भन्ने थियो। उ त्यही सिटमा होस् फेरी भनेर पुकार्दै मुख सुख धोएर फ्रेश भएर गए। त्यही सिट खाली थियो अनी छेउको सिटमा उ नै बसेकी थीइ। फिल्म पुनः सुरु भयो, बत्तिहरु निभे। 
मलाई यता खेल सुरु गर्नु थियो। फेरी मेरो हातको पुलिस सारे, उसले केही भनिन थोरै कोट्याए अनी हात झिकेर सुल्टो पारेर राखे उसको हात त्यसमाथि मागेर। त उसले केही गरिन, मैले थापिरहे। करिव २ मिनेट पछी उसको हात बिस्तारै मेरो हात माथि थमाईदीइ, मैले उसको हातलाई मेरो हातले मज्जाले कसे। 
क्रमश: 

Comments

Popular posts from this blog

एयरपोर्ट डायरी!

सपना भाग-१३

सपना भाग-१०