सपना भाग-९
सपना (भाग-९)
यसरी दिनहु जसो च्याट, फोन अनी उसको कलेज सकिएपछी भेटेर हाम्रो सम्बन्धले जरा गाड्दै गयो। उ पनि फेसबुक र इन्स्टाग्राममा मलाई डेडिकेट गरेका स्टाटस राखेर फोटो हाल्थी म पनि त्यसै गर्थे। म उसलाई संसारका सबै राम्रा नाम तिम्रा, राम्री तिमी भन्दै जिस्कन्थे। नजिस्किउ अनी नभनु पनि कसरी त उसको छेउमा मलाई सबैकुरा फिक्का लाग्थे। म उसलाई अली अरु नामहरुले पनि बोलाउन थालिसकेको थिए कहिले "सप्ना" कहिले "काली" कहिले "नानु" आदी। उ मैले काली भनेर बोलाँउदा प्यारो लाग्छ भनेर भन्थी। त्यसैले धेरै जसो म उसलाई काली भनेर बोलाउथे। भन्दा काली भनेपनी उ मेरो मनमा जुनेली रातकी चन्द्रमाजस्तै चम्किली अनी गोरी भएर बसेकी थीइ। सपना मेरो दिमाग अनी मन र कल्पनाको महलमा राज्य चलाएर बसेकी थीई। जब मन भित्रको राज्यबाट उसको केही काम गर भन्ने आदेश हुँदैन थियो म केही गर्न सक्दिन थिए। केही गलत कामको सुरुवात म बाट भयो भने पनि उसैले त्यो नाक समाउदै कहिले पनि बोल्दिन भनेको यादले पिरोल्थ्यो जसरी सरले कुटेको सम्झेर स्कुलमा पढ्दा म होमवर्क गर्थे। उ पनि हजुरबिना सक्दिन एकै क्षण पनि भनेर रौलाझै गर्थी। भेट हुनासाथ मेरो फेब्रेट हात भनेर मेरो दाहिने हातको पाखुरामा समाएर हिड्थी।
यसरी बोलेर नै महिना बितिसकेका थिए। उ मलाई बेला बेला मलाई कहिल्यै छाड्दिन भनेर कसम खानु भनेर कसम खुवाउथि। उसले कसम खुवाएपछी म पनि उसलाई त्यसै गर्न लगाउथे। हामी छ्ट्टिको नत्र उसको कलेज छिटो छुट्टीको अवसर पारेर फन पार्क, चोभार, ह्वाईट गुम्बा, गार्डन अफ ड्रिम, साँगा सबै तिर पुगिसकेका थियौ। हरेक ठाउँ जादा बाइकबाट उत्रेपछी उ मलाई त्यसै गरी समाउथि अनी हाँस्दै गफ लगाउदै हिड्थी। कतै बसेको ठाउमा मेरो कपाल सुम्सुम्याउदै मिलाई दिन्थी अनी मेरो हिरो भन्दै नाक तान्दै जिस्क्याउथि। म पनि उसका स्याउ जस्ता पोटिला पोटिला गाला समाउदै मेरी हिरोइन भन्थे।
एकदिन पशुपतिनाथ मन्दिरमाथिको चौरिको एक छेउमा रुखको मुनी बसेर गफ गर्दै थियौ। उ कलेज ड्रेसमै थीई ब्याग आफ्नै छेउमा राखेर बसेकी थीई म उसैको काखको सिरानी लगाएर सुतेको थिए गफ गर्दै गर्दा झुल्दै थिए उसैको काखमा निदाएछु,नानीदाउ पनि कसरी उसकै प्रेमको पारखी म उसैको काख पाएको थिए, जड्याहाले भट्टीनै खान पाएजस्तो भएको थियो। उ एक्कासी आत्तिएर "बुडाहौ" भनेर कराइ म पनि आत्तिएर जुरुक्कै उठे। एउटा मातेको मतुवा उ मात्रै रहिछ भन्ने ठानेर होला उसको छेवैमा अाइसकेको रहेछ। म जुरुक्कै उठेपछी हजुर त्यस्तो केही हैन उहा कराउनु भयो आत्तिनु भयो भनेर हात मात्र जोडीरह्यो मैले के भन्ने उसलाई केही काम हो भने भन्नुस् नत्र आफ्नो बाटो जानुस् भन्दिए। उसले पनि मतिर मात्र ध्यान भएकाले कतै हेरिनछ। यहाँ मेरै छेउमा आएर मलाई समाउन लाग्या थियो के-के गुनगुनाउदै भन्दै थीई। मानिस धेरै किसिमका हुन्छन शायद उ पनि केही सुराको भरमा कोही एक्लै खोज्दै हिंडेको थियो या अरु केही? त्यो थाहा हुन सकेन।
उसले मलाई भनेको त्यो बुडा शब्द शायद मेरो अगाडि भनेको पहिलो पटक थियो। उ मलाई च्याटमा अांशिक रुपमा यही सम्बोधनबाट पनि बोल्ने गर्थी। उसको मुखबाट त्यही शब्द फ्याट्ट निस्किनुमा केही सन्केत पक्कै चोखो मायाको थियो। शायद मलाई उ यही नामले सम्झीरहन्छे। मैले बुडा भन्न कसरी आयो भनेर जिस्काउदै सोधे पनि। उसले आफु आत्तिएको बेला के-के नसोध्नु है भन्छु त म भन्दै कारण खोलिन।
सपना मेरोलागी एक नसा बनेकी थीइ जुन एकैछिन लिन नपाउदा म छट्पटिन्थे। म रुममा एक्लै हुँदा पागल जस्तो एक्लै उ सँग कुरा गर्थे। लाग्थ्यो उ त्यही कतै छ मेरै वरिपरि। मेरो मुखबाट कहिले उस्लाई जिस्क्याउदै गरेका शब्द निस्किन्थे कहिले माया गरेर मेरी बुडी भनेर अङालेका, कहिले उसलाई यसो नगर भन्दै हकारेका शब्द अनी उ डराएर माफि मागेको कल्पना। म अब उसलाई हैन उसको बस्ने ठाउलाई समेत कतै प्रेम गर्छु जस्तो लाग्थ्यो कसैले हात्तीबनको कुरा गर्यो भने मेरा कान आँफै ठाडा-ठाडा हुन्थे अनी दिनहु चिया खादा कतै हात्तीबनको केही समाचार देखे भने कुनै लाइन नबिराइ पढ्न थालएको थिए, जवकी म अरु न्युजको हेडलाइन भन्दा अरु केही हेर्दै हेर्दिनथे। एक पटक बसमा एक नौलो मान्छे सँग परिचय भयो कता बस्नुहुन्छ भनेर सोधे मैले नयाँ बानेश्वर भने मैले पनि "हजुर चाँही नि?" भनेर प्रश्न गर्दा उनले हात्तीबन भने मैले भविस्यको ससुराली हो भन्न मन लागेपनी सकिन। मलाई त्यहाको कुनै ठाउँ थाहा नभए पनि उसैको ठाउको नाममा हात्तीबन कता भनेर सोधेको थिए। उनले के जवाफ दिए याद गरिन त्यती सोधेरै मलाई आत्मसन्तुस्टी भैसकेको थियो।
प्रेम साच्चै यस्तै एउटा नसा हो जसमा मानिस फसेपछी नराम्रो गरी फस्छ। अनी प्रेम एक प्रकारको आकर्शण नै हो त्यो नसा प्रतिको। कती मानिस त्यही नसा नपाउदा आत्महत्या गर्छन। मेरो लागि पनि सपना एक प्रेमको नसाजस्तो भैसकेकि थीई जो एकैछिन नहुँदा म भित्र अनेक प्यासको तिर्खा लाग्थ्यो अनी म छट्पटिन्थे उसकै यादमा। आखा चिम्ले पनि उही खोले पनि उसैलाई देख्ने भएका थिए मेरा आँखा पनि। उसलाई भेट्दा पनि लाग्थ्यो उसलाई एकनासले हेरिरहु एक सालीकले शहर तिर फर्केर हेरिरहे जस्तो बनेर।
क्रमश:
Comments
Post a Comment