पशुपतीनाथ डायरी!

#Diary
म मन्दिर छिरेर पूजा गर्दिन। 
घुम्न आउन मन लाग्छ कहिलेकाही यसै पशुपती अाइदिन्छु। मेरो बस्ने ठाउँ सधैं म्रीघस्थली साईडको कुनै एक फलैचा हुन्छ। म एक्लै सबैतिर हेरिरहन्छु।
तल तिर्खाले सुक्नै लागेको धमिलो बगमती बगिरहेको छ। पानीबिनका खोला धेरै छन अचेल। नाम मात्रै खोला, बिशेषता छैन। अनी यो शहरमा त्यस्तै नाम मात्रैका राम्रा मानिस पनि खोजिरहन पर्दैन। कुनै जमनामा नदी भनेर चिनिने बगमतिको गती ढलको जस्तो छ, हरेक घरको फोहोर बोकेर बगेको छ सहनशिल बनेर। बागमती भन्दा सर्बसुलभ यातायात कुन होला र काठमाडौंमा न तेल न पैसा! सबै समयको प्रभाव। मानिसहरु ज्ञानी बन्दै गए आफु सफा, सुन्दर र आधुनिक बन्दै गए बातावरण फोहोर बनाउदै गए। कहिलेकाही प्रकितिले नै नुहाइदिन्छ यो बागमतीलाई तब केही रुप फेरिन्छ नत्र उस्तै! ति बिचार फोहोर भएकाहरुलाई के ले नुहाइदिने खै! 
एउटा बालक बल्छी हानेझै एउटा लामो डोरिको टुप्पोमा चुम्बक बाधेर आफुजस्तै फोहोर खोलामा फालिरहेछ। कारण, खोलामा फालेका पैसा टिप्न। तर उसले भेटेका हरेक पैसा फोहोर खोलाबाट झिकिएर फोहोर गोजिमा बस्दासमेत फोहोर हुँदैनन। उसले त्यसरी राखेको सफा मानिसको गोजिसम्म पुग्ला तर अह! बिल्कुल पैसा फोहोर हुँदैन। यो गर्मिमा पनि ३ खाप लुगा लगाउनेहरु एक सरो लुगा नपाएकाहरुलाई वास्तै नगरि यता उता गरिरहेका प्रसस्तै देख्छु। देखावटी संसार लाएरनै देखाउने हो कहिले धेरै, कहिले थोरै। मर्दा लाने त त्यही नागो शरीर न हो। केही पर्यटक र पत्रकार फोटो खिचिरहेका छन। बिडम्बना! उनिहरुका फोटामा सुन्दरता मात्र कैद हुन्छ। दु:ख फोकस गर्ने लेन्स त आँखा हो कसैले देखे पो!  
यसो हेर्छु, मन्दिर भित्र पट्टिबाट तल एक ठुटे मन्दिरको टुप्पोमा पैसा फ्याकेर धर्मको परिक्षा लिनेहरुको लहर। त्यही एउटा यस्तो प्रेमजोडी पनि लाइनमा छन जो अघी आउँदा मेरै अघी थिए। प्रेमी ब्यवहारमा बिश्वास नभएर कसम खान आएका होलान। एउटा सानो अनाथ बालकले दुबैजनाको गोडा समाउदै धेरैबेर मागिरह्यो तर अहँ! तिनिहरुको मन पग्लिएन। बिचरो! खिन्न भएको देखेर मैले आफुसँग भएको ५ रुपैया हातमा राखिदिएको थिए। माथिबाट तलतिर हेरे त्यही बालक फालेका पैसा टिपिरहेको थियो। उनिहरुले फालेका २-४ वटा ढकी पैसा उसैले टिप्यो। म मनमनै खुशी हुन्छु। 
फर्कदै गर्दा बाटोमा हात थाप्दै बसेका रोगी, ब्रिद्दहरुलाई हेर्छु अनी गोजिमा हात हाल्छु। एक पैसा छैन गोजिमा। सहानुभुति दिन्छु पैसाको सट्टामा अनी अघी बढ्छु। यती सस्तो कुरा पनि यो शहरमा आजभोली महङ्गो भईसकेको छ। ढुङ्गामा सम्म पैसा फाल्ने कसैका हात यता लम्किदैनन! मानवता भन्ने धर्म नै कहाँ छ र अचेल। सज्जनका भगवान आँफैले चित्र बनाएर, कुँदेका ढुङ्गाका मुर्तिहरु,आँफैले कल्पना गरेर बनाएका पोस्टरका चित्रहरु हुँदा रहेछन। यता भोक्कै पेटहरु लडिरहेछन! त्यता भोकबिनाको ढुङ्गाको मुर्तिलाई छोप्नेगरी फलफुलको रास राखिदिएर खुशीसाथ फर्कनेहरुको लाइन हेर्छु। शायद धन दौलत र सफलता मागेर आएका होलान। आफुमात्र राम्रो बन्ने वर माग्ने पापी हुन्छ या धर्मी खै। साच्चै! लोभले बाहिर धर्मी र भित्र पापी बनाउदोरहेछ क्यार... 
सोच्छु! जलेपछी राजाको शरीरको खरानी पनि त्यही खोलामा मिसिन्छ, रैतिको पनि त्यही खोलामा। तर खरानीले कहिल्यै झगडा गरेन। राजा जलाउने त्यही दाउरा, रैति जलाउने त्यही दाउरा। घाटे त्यही ठाउँ किन फरक? मरेको आत्माको सम्म सम्मान गर्न जान्नेहरु जिउदै मरेसमान भएर बसेका आत्माहरुलाई कतिपटक पुगेर आउँदा पनि देख्दैनन। जलेपछी सबैको परिचय खरानीनै हो। खरानिको त न मान रहन्छ न मुल्य नै। आँफैलाई यस्तो लाग्छ, धर्मलेनै मानिसलाइ कतै पापी पनि बनाएको हैन! 
#द्रिश्य_पशुपतीनाथ

Comments

Popular posts from this blog

BUMCO ($BUMCO) – The Roadmap to Meme Domination

"गार्डन अफ ड्रीम्ज" डायरी!

प्रेम लुकेको हुन्छ!