सपना भाग-४
#सपना (भाग-४)
भाग ३ सकिसक्दा रातको ३ बजेछ। फेरी कलेज पनि जानु पर्थ्यो नि बिहान। म मा पनि निन्द्राको प्रभाव अघी देखिनै देखिसकेको थियो तापनी कुनै घटनाहरु छुट्छन कि भनेर चनाखो चै भैरहेको थिए। त्यसपछी मैले शनिबार बिहान खाना खाएपछी फेरी अरु भागहरु लेखौला भनेर उसलाई भने। उसले सहमतिको भाव देखायो। कथामा त्यसपछी के भयो होला? भन्ने खुल्दुली म लेखक आँफैलाई नि नभएको होइन तर म पनि लेखक र पाठक दुबै बन्न खोजिरहेको थिए।
शनिबार ९ बजे नै आयुश मेरो कोठामा आयो। म उठेर त्यही उसको काहानीमा गरिएका कमेन्टहरुको उत्तर लेख्नमा ब्यस्त थिए। म पनि हतार हतार खाना खाएर आउछु है भनेर हतारिए। खाना खाएर आउँदा उ भित्तामा सिरानी पछाडि राखेर ढेस्सिएर बसिराखेको रहेछ। मैले आफ्नो दराज बाट डायरि निकालेर सानो टेबलमाथि राखेर लेख्न तयार भए। तर केही घटना नछुटुन भनेर अस्तिको अन्तिम अनुच्छेद पढेर सुनाइदिए। उसले आफ्नै कोठामा पनि पढेर आएको रहेछ, भनिहाल्यो- "यस्तो दमदार लेखक हुनुहुदो रहेछ तपाईं, पढेर यती खुशी लाग्यो कि मैले तपाईंको लेखकिय क्षमता माथि सलाम गर्नु पर्छ।" मैले फिस्स हासो छडिदिए। कथा सुरु भयो म लेख्दै गए-
उसले "बाइ" सम्म भनेर हिंडेपछी मेरो मन यसै उडिसकेको थियो ठुल्ठुला पखेटा लगाएर। हतार हतार लिफ्ट बाट तल झरेर बाईक निकालेर अन्तिम पटक उसैलाई हेर्न बाहिर साथीहरु सँग बसे। म बाइकमै थिए, उनिहरु बाहिर उभिएका थिए। उसको ग्रुपनै अाइपुग्यो मलाई उसले देखी पनि तर मैले आँखा जुधाएर हेर्न सकिन। चोरि नजर लगाएर २-३ पटक हेरे। खै उसलाई देखे पछी मन कती हलुङ्गो हुन्थ्यो कुन्नी! उचालिएर निक्कै माथि आएजस्तो लाग्थ्यो। रातको १०:१५ बजिसकेको थियो। बाटो पनि खुल्ला देखिन्थ्यो। म त यसै पनि हसिलो खुशीलो भएको हुदो हु। त्यही खुशीमा हुईक्याइदिए बाइक पछाडि भएको साथी कराउदै थियो "अली स्लो गर" भनेर तर आफ्नो गतिमा अलिकती कम गरिन बरु बढा भनेको भए सजिलै मान्ने थिए होला।
त्यतिखेर पनि म र अनिश यही होस्टलमा बस्थ्यौ। दिनेश मेरो फुपुको छोरा हो, बाहिर बस्थ्यो भाडामा। भाई २-४ दिन घुम्न आएको दिनेशकोमै बसेको थियो। त्यो दिन सबै उतै गैयो। दिनेश मात्र भएको भए त यसो कुरा निकाल्थे होला भाई पनि भएकोले सकिन। यत्तिकै सुतियो २-२ जना २ वटा खाटमा।
भोलिपल्ट बिहानै होस्टल आए। ए लेभल सकिएर बसेको थिए कुनै काम थिएन। नम्बर त दिएकी थिई उसले तर सिधै फोन गर्न सकिन। नाम थाहा थियो तर थर थाहा थिएन। यसै फेसबुकमा सर्च गरे "सपना" लेखेर। चौथो नम्बरमै उसको त्यही कालो गाउँन लगाएको प्रोफाइल पिक्चर भएको ID देखा पर्यो १ म्युचल फ्रेण्डसहित। नाम थियो "सपना बस्नेत"। हतार हतार उसको प्रोफाइल हेरे अनी सबै फोटाहरु एक एक गरेर केलाए कुनै नछुटाइ ३ चोटि दोहोर्याएर। timeline पनि हेर्न भ्याइहाले। सुरुमै यस्तो status थियो- "The very first time I realized what unconditional love meant." जुन ३ घण्टा अघाढी लेखिएको थियो।
यती पढ्नासाथ मेरो खुशीले सगरमाथाको चुच्चोबाट म आँफैतिर झन्डा देखाउदै थियो। यसै रुममा एक्लै थिए २-३ वटा गीत बजाएर कुनै सुर तालमा ननाच्ने बिहेका जन्तीजस्तै नाचुजस्तो भयो। बल्ल थाहा पाएको थिए मैले आफु भित्र खुशी उम्लियो भने कती चन्चलता पैदा हुदो रहेछ भनेर। त्यो दिन यसै ट्वाइलेट जाने आउने मात्र करिब ५० पटक गरे होला, कारण एेना हेर्न। अनि साच्ची! त्यो उसको status लाई त कती पटक हेर्दाइ राख्दै मुस्कुराउदै गरे त्यो भन्न सक्दिन।
बेलुका पख उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ। मैले यो चाहन्थे कि छिट्टै रिक्वेस्ट accept होस्। यसै wifi on नै छाडेर कुरिरहे। जती पटक ट्वाङ्ट्वाङ गरेर notification आई राख्थ्यो त्यती नि पटक म झस्किदै मोबाइलमा हेर्थे। यो होला, त्यो होला, अब त भयो होला भन्दै १५-२० notification हेरिए तर सबैले निराश मात्र बनाए। अन्तत: करीब बेलुका ८ बजे तिर रिक्वेस्ट accept भयो।
म त्यो देख्न साथ खुशीको बगैचामा मेरो मन फुलिसकेको थियो। अस्तिको खेल त अस्तिकै भैसक्या थियो अब फेरी पुलिस सारेरै सुरुवात गर्नु थियो। पुलिस सारे 'हाइ" लेखेर। उताबाट पनि पुलिसनै सारेर उत्तर आयो "हाइ" लेखेर। मैले "चिन्यौ मलाई?" लेखेर अली हासेको ईमो पछाडि जोडीदिए। उसले पनि "मज्जाले" लेखेर अली लजाएको ईमो जोडी। भावनामा डुबिहाले यसो भनेर- " मिस यु एण्ड विश द्याट मोमेन्ट टु कम अगेन।" उसले मुसुक्क हासेको ईमो पठाइ। उसको त्यो ईमो आउँदा नआउँदै मेरो अर्को च्याट सेन्ड भैसकेको थियो- " क्युट नेम सपना " यसको लागि नि त्यही अगिकै रिप्लाई ईमो काफी भयो।अस्ती सम्म डरको थुप्रोभित्र पुरिएर थरथर काप्ने मेरो बोलीमा आज यत्तिको आट र साहस उनैले हालेको status ले दिएको थियो।
त्यो रात धेरै कुरा भयो मैले उसको घर पढाई सबै सोधे। घर हात्तीबन ललितपुर र CCRC कलेजमा १२ मा म्यानेजमेण्ट पढ्दै गरेको बताइ। उसले पनि केही मेरो बारेमा सोधी। सबै कुरामा उसले मलाई हजुर भनेर सम्बोधन गरी, मलाई कती मन परेको थियो त्यसो कमले मात्र भन्ने शब्द नि भएर होला मलाई हजुर शब्द उसैको आवाजले नै बोलेर मधुर स्वरमा भनेको जस्तो आभास भैरहेको थियो। , सायद धेरै कमले मात्र भन्ने शब्द नि भएर होला मलाई हजुर शब्द उसैको आवाजले नै बोलेर मधुर स्वरमा भनेको जस्तो आभास भैरहेको थियो। मैले पनि सबै बताइ दिए। नाम आयुश पौडेल घर पथरी मोरङ पढाई जेभियर्स कालेजबाट ए लेभल सकेको भनेर। त्यो दिन राती झन्डै १२ बजेसम्म यस्तै परिचयात्मक कुरा सके पछी के-के ठट्टा गर्दै बस्यौ। मैले सबै फिल्म हलका सबै घटनाहरुले आफुमा आएको डर त्रासको धेर कुरा गरे उ धेरै जस्तो "ए" भनेर हासोको ईमो पठाइ तर आफुलाई के कसो भयो भनेर भनिन। म त उ बोलेकी भए रात हैन महिना कटाइ दिन सक्थे त्यसरिनै च्याट गरेर। उसले कलेज जानु पर्छ भोली भन्दै बिदा मागी। मैले कल गरेरै "बाइ भन्नु पर्छ" उ माथि आफुलाई अधिकारवादी बनाउन खोजे। उसले नाइ भन्दै थिई मैले नै कल गरिहाले उसले "कस्तो हजुर त!" भन्दै मिठो स्वरमा "बाइ" भनी। मेरो कानमा यही "बाइ" को प्रतिध्वानी गुन्जयमान बन्यो रातभरी।
यसरी सुरु भएको हाम्रो सम्बन्ध हप्ता दिनसम्ममै धेरै गाजिएर आयो अनी लहरिएर अलि-अली गर्दै बर्दै लग्यो दुबैलाइ कसेर। ३-४ दिन देखिनै हामी एक अर्कालाई बेला-बेला फोन गर्ने भयौ अन्लाईन बोलाउन। म त सिधै बोलाउथे तर उ सक्दिन थिई, त्यस्को सट्टा मैले सोधेको प्रश्नको जवाफ दिदै बसीरन्थी यत्तिकै फोन गरेको भनेर। म आँफै बुझेर अन्लाईन छौ भन्दै सोधेर म पनि आउछु नि त भनेर फोन राख्थे।
सातौ दिनको राती धेरैबेर कुरा भयो अन्लाईनमा त्यस पछी फोनमा मैले कुरा गर्ने भने अनी फोन गरे। धेरै बेर उसको सुन्दरताको बयान गरे उ म त्यस्तो छैन मात्र भनी रही मैले जबर्जस्ती गरेर हो भन्न लगाए। अन्त्यमा "लौ हारे" भनेर "हो" भनी। फोन काट्ने बेलामा मैले उसलाई फेरी अनलाइन आउन भने उ किन फेरी भन्दै सोध्दै थीई मैले आएसी भन्छु भने उ हुन्छ भन्दै गै। मैले च्याट को पहिलो वाक्य नै यस्तो लेखेको थिए- "सपना आई लभ यु"। च्याट सीन हुनसाथ उ offline भै। रिसाइ कि भनेर फोन गरे। फोन पनि स्विच अफ गरिएको थियो।
क्रमश:
Comments
Post a Comment