सपना भाग-३
#सपना (भाग-३)
एक हातले उसको हात पकडेको थिए यसरी कि मानौ हाम्रा हातहरु सुपर ग्लु लगाएर टासिएका छन। आँखा त स्क्रीनमै धेर राखे होला तर फिल्ममा के-के भयो केही याद थिएन। म आँखा बङ्याएरै उसलाई हेर्नैमा खुशी थिए। पफ्कन खा भनेर दिदा नि खान्न भनिदिए उनिहरुले पनि पफ्कन ल्याएका थिए देब्रेहातले २-४ पटक तानेर खाएको देखे। दिमागनै नभएपछी त आँखाको मात्र केही काम नहुदो रहेछ, पागल जस्तो। उ पनि म जस्तै भएकी थि शायद। हात पाएर पनि मुटुको धड्कन अलिकती ढिलो भएको थिएन। आकर्षण त मलाई उ तिर बाहिरै भएको थियो तर प्रेम? प्रेम आकर्शण बाटै सुरु हुने हो तर यो मेरो मात्र आकर्षण थियो या उसको पनि कसरी जान्न सक्थे र म? तर उसका ति कृयाकलापहरुले मलाई यही मात्र संकेत दिन्थे कि उसमा पनि केही आकर्षण भएको छ। मानौ सुरुवातमा ख्याल नगरेकै मान्छे म थिए भनेपनी हाल्फमा त उसले मज्जालेनै हेरेकी थीई।
उसको हात मेरो हात माथि पाएपछी म मन भित्रै खुशीले ३-४ फिट उफ्रिएर नाचेको कसैले देखेन शायद, म यस्तै ठाउँ बिपनामा पनि चाहन्थे तर यो सोच्दा म भित्रको मानवता झस्किन्थ्यो। म मनमनै सोच्न थाले- पहिला त प्रश्नका साथ नै सुरु गरे यसरी- यो कस्को हात हो त आँफै भन जसलाई तैले तेरो हातमा पसिना छुट्ने गरी समातेर राखेको छस? कैले चिनेको तैले उसलाई? के-के थाहा छ उसको बारेमा? के तलाई फिल्मी काहानी जस्तो प्रेम हुन्छ जस्तो लाग्छ?
साच्चै! म त्यो के गरीरहेको थिए म आँफै उत्तर बिहिन थिए। अझ ति मनले सोधेका प्रश्नका उत्तर कसरी जान्नु? सबैको केही उत्तर थिएन म सँग बरु फिजिक्सका हिसाबहरु सजिला हुन्थे अझ यि प्रश्नहरु त्यसै पनि कहिल्यै नपढेको पाठबाट आएकाझै थिए, असाध्यै अफ्ट्यारा भए। यस्तो लाग्यो म त धेरै साथीहरुले आज यसो गरे, हिजो उसो गरे, अस्ती एउटिलाई त्यसो गरे भनेर सुनाएकाजस्तै घटनामा अर्को एउटा घटना जोड्न आटिरहेको छु। एकछिन अगाडि बाहिर देखिएकी उ अब मेरो मस्तिस्कले उत्तर खोज्नु पर्ने प्रश्न चिह्न बनिसकेकी थीई। यतिखेर म एकैछिन भएपनी भबिस्यमा पुगेर आउने मौका पाउथे भने, उ मेरो जिन्दगीमा के महत्व राख्छे भनेर हेरेर त्यसै किसिमको व्यबहारमा उत्रन्थे होला।
उ हात राखे पछी अली रातो अनुहार बनाएर अत्तिएकी थिई, म कस्तो भएको थिए मेरा आँखाले देखेनन। बेला बेला मेरा हातमा कस्सिएका उसका हातका औंलाहरु यताउता चलाउथी उ, म हात केहि खुकुलो पारीदिन्थे। कहिले स्क्रिनको उज्यालो हामी माथि बढी पर्दा उसलाई म पुलुक्क हेर्थे उसैगरी, आँफै छेउमा भएका ति अरु सबैको डर लागेर हो कि के भएर हो रातो अनुहार अझ रातो बनाउथी पाकेको खुर्सनी जस्तै।
हात समाएर मात्र काम केही हुन्नथो एउटा फिल बाहेक। कसो-कसो सोच्दा सोच्दै एउटा idea आयो हतार हतार मेरो पकेटबाट मोबाइल निकाले। उसको हात समातिरहेको मेरो हात निकाल्न खोजे उसले आफ्नो हात उचाल्दीई, बाधीएका हाम्रा हात फुके। मैले मेसेज बक्समा गएर अङ्ग्रेजी रोमनमा "हाइ! म आयुश" लेखेर देब्रे हातले फोन उ तिर ढल्काए। उ पढेर मुसुक्क हासी मात्र, मैले जस्तै मोबाइल निकालेर उत्तर देली भन्ने थियो तर त्यसो गरिन। फेरी मैले नै लेखे- "प्लिज तिम्रो मोबाइल निकालेर यसरी नै कुरा गर न।" फेरी अर्को मुस्कान दीइ लजालु पारामा तर मोबाइल निकालिन। तेश्रो पटक मैले "प्लिज" थपे। एकछिन अन्कनाएझै गरेर अर्को हातमा बोकिराखेको सुनौलो रङको पर्सबाट मोबाइल निकाली अनि मैलेझै मेसेज बक्समा उसको सिट छेउकी एक जना महिलालाई लुकाउदै लेखी-"हाइ! म सपना"
त्यती पढिसक्दा मेरो खुशीले पखेटा लगाइसकेको थियो। अब के लेखौ लेखौ भए। एकछिन सोचेर टाइप गरे-"कस्तो अनौठो लागिराछ।" उस्ले पनि "सेम हियर" लेखी। खै दिमाग शुन्य भएजस्तै भएको थियो तर कुरा त त्यतिमै अन्त्य गर्ने रहर थिएन मलाई। म लेखुन्जेल उ हेर्दिन थिइ तर अनिशले देखिरहेको हुन्थ्यो अनी हास्थ्यो थोरै उसले थाहा नपाउने गरी। लेखिसकेर म उ तिर मोबाइल ढल्काउथे तब मात्र हेरेर उत्तर लेख्थी। फेरी मैले अली फरवार्ड भएर लेखे- "तिमी धेरै राम्री देखिएकी छौ, आई थिन्क आई एम फलिङ फर यु।" हल्का मुस्कुराएको स्माइली देखियो उसको मुहारमा। तर जवाफ फर्काइन, लजाएझै गरी। अब त उ सँगको डर अली हराइसकेको थियो मनको बाघ अघिको डरको बाघमाथि झम्टन थालइसकेको थियो। टाईप गरे-"तिम्रो contact नम्बर प्लिज" लेखेर। के सोची कुन्नी फ्याट्टै लेखीदीई- "९८१३......." एन सेलको नम्बर थियो।
हतार हतार नम्बर टिपेर नाम पछाडि दुई वटा हट को इमो राखेर सेभ गरे उ हेर्दै थीइ । उसले नि मेरो नम्बर मागोस भन्ने लागि रहेको थियो तर मागिन, माग भन्न मिलेन। आँफै लेखिदिए- "मेरो चाँही नम्बर ९८४२२......." अली मतिर फर्केर आफ्नो डायल बक्समा सारी र देब्रेपट्टी फर्केर "Handsome आयुष" लेखेर सेभ गरी, म खुशीले पुरै मुस्कुराए, मलाई त्यो Handsome शब्द सबैभन्दा ठुलो जवाफ बन्यो तर उसलाई मैले देखेको छु भन्ने थाहा भएन।
म अझै बोल्न खोज्दै थिए झलक्कै हलका बत्तिहरु बले हाम्रो खेल नसकिदै फिल्म सकिएछ। रातको दश बजेको थियो। मनमा त उसैसँग त्यही बसिरहु भैरहेको थियो तर सकिन्नथ्यो। उठ्दै गर्दा बिस्तारै मुखैले भनिदिए "बाइ"। सबै हिंडेपछी अन्त्यमा उ थिई उनिहरुको ग्रुपमा, हिंड्नै लाग्दा जवाफ फर्काइ "बाइ"।
क्रमश:

Comments
Post a Comment