सपना भाग-१०
सपना (भाग-१०)
भाग-८ सम्म गत शनिबारनै आयुशले कथा भनिसकेको थियो। त्यसपछी भाग-९ लेखेर पोस्ट गर्ने दिन अस्ती बिहीवार सम्म पनि उ फेला परेन। भेट्ने कुरा पनि भएको थियो। बेलुका ५ बजिसक्दा पनि उ मेरो कोठामा नआएपछी म नै उसको कोठामा खोज्दै गए। अस्ती सम्म मेरो कोठामा आएर कथा लेख्दिनुस् भनेर भन्ने आयुशको रुममा फेरी म नै उसको कथा माग्नलाई पुगेको थिए। कथाको मोडले मलाईनै अब के भयो होला के हुन्छ होला भनेर सोच्ने बनाइसकेको थियो। तर रुमको साथी अनिशले आयुश मामाघर किर्तिपुर गएको २ दिन भैसकेको बतायो। अनिश सँगै फोन नम्बर मागेर फोन गरे उसले मामा बिरामी भएर हस्पिटलमा भर्ना भएर आउन नसकेको भन्दै म सँग माफि माग्यो, मैले सहजै त्यस्तो माफि दाजुभाइमा चल्दैन भनेर उसलाई सम्झाए। उसले भोली शुक्रबार जसरी भएपनी आईपुग्छु भनेर कसम नै खायो मैले हुन्छ बाहेक अरु केही भन्ने ठाउँ थिएन ओके भनेर फोन राखिदिए। भाग-८ लेखिसक्दा केही लामो भएर सानो टुक्रा बाँकी रहेको थियो त्यसैलाइ अली मिलाएर थपघट गरेर भाग-९ को रुपमा पोस्ट गरिदिए। धेरै पाठकले कथाले बाटो बिर्सिएको टिप्पणी गर्नुभयो, म डराए केही गल्तिको महसुस नि भयो। कतिखेर आयुश आउछ र कथा अगाडि बढाउ भनेर मलाई उसको तिब्र प्रतिक्षा थियो। नभन्दै हिजो बेलुका खाना खाएर पढ्न बस्न लागेको थिए रातको ८ बजेको हुदो हो उसले म आयुश भनेर ढोका ढक्ढकाउन थाल्यो मैले खोलेर भित्र बोलाए। कताबाट रक्सी खाएर आएको रहेछ, मातेको थियो। एक मन त गाली गरु भन्दै थियो तर मलाई अहिले चाहिएको कथा थियो यस्तै बेलामा झन खुलेर भन्ला भन्ने मनमनै सोचे। अनि कथा सक्किए पछी सम्झाउला भन्ने सोच बनाए। म उसैगरी उसलाई छेवैमा राखेर डायरि र कलम बोकेर बसे। तर रक्सी खाएपछी खुशी भन्दा पिडा छिटो ओकलिन्छ क्यार! उ पिडा सुनाउन तिर लाग्यो। मैले पनि कर गरिन उसको पिडानै लेख्ने भनेर के भएको हो सबै सुनाउ भने। उ आफ्नो भित्री दर्द मातेको सुरमा खुलेर भन्दै गयो म लेख्दै गए-
फाल्गुन ३ गते भ्यालेन्टाइन डे पछी भेट भएन। उसको कलेज पनि छुट्टी रहेछ मलाई फाल्गुन १६ गते ल्होसारको दिन भेट्न त्यही पहिला अाउजाउ भई राख्ने ठाउ LA कलेज जाने बाटो अगाडिको पुल सम्म आउन भनी,मैले हुन्छ भने। च्याटमा पनि कम बोल्न थालेकी थिई। मैले कती के भयो भनेर उसलाई सोधेको पनि थिए तर केही हैन परिक्षाको लागि तयारी गर्दै छु भन्ने गर्थी। प्रीबोर्ड परिक्षा २८ गतेदेखी छ, पढेको छैन धेरै भनेर आत्तिन्थी पनि। फोन गर्दा पनि धेरैबेर बोल्न खोज्दिन थीई अरुबेला बोलौला भनेर काट्थी। उसको त्यस किसिमको ब्यबहार मलाई नौलो भैरहेको थियो। नहोस् पनि कसरी त उसको बानी परिक्षाको बेला सधैं त्यस्तै हुन्थ्यो भने पनि म पहिला देखी जानकार र बानी पनि परेको थीईन। मैले पनी पढ्छु भनेर उसले समय माग्दा कसरी हुन्न भनु्? फेरी उ नै आफुलाई सम्हाल्नु न भनेर मलाई सम्झाउथी। यस्तो लाग्थ्यो जब-जब मानिस कसैलाई प्रेम गर्दै जान्छ उ आफ्नो प्रेमी/प्रेमिका का सबै असफलता, मुर्खता र नराम्रा कुराहरुलाई स्विकार्दै जान्छ अनी एक अपूर्ण कुरामा पूर्णता देख्न थाल्छ। म पनि उसका हरेक कुरालाई हाम्रो भबिस्यको निम्ती भनेर सहज रुपमा स्विकार्न थालेको थिए। आफुलाई सम्हालेको थिए, कती उसैको यादहरु आउथे तापनी डिस्ट्र्ब गर्न हुन्न भन्ने सम्झन्थे यद्दपी मनमा कता-कता आफ्नै प्रेमले यही हो सत्य माया? के यस्तै हुन्छ मायामा समर्पण? भनेर आँफैलाई प्रश्न पनि गरिरहन्थ्यो। मनको कुनै त्यस्ता भावनालाई म आँफै प्रेम र विश्वाशमा यस्तो सोच्न हुँदैन भनेर सकेसम्म आफु बाट हटाउने प्रयास गरिरहेको हुन्थे। डेटिङ स्पट उसैले चोभार भनेकी थीई। उसको रोजाइमा झन रमाउने मैले उसैले ठाउँ रोज्दा झन हुन्न भन्ने कुरा नै थिएन। सधैं म के लगाउ भनेर सोध्ने उसले त्यो दिन केही पनि सोधिन। मैले पनि किन सोधेनौ भन्ने कुरा आउँदैनथ्यो बिर्सी होली भन्ने माने।
त्यसरिनै म उसलाई त्यो दिन पनि लिन खरिको बोटको पुल सम्म गए म पुल तर्दै गर्दा उ पनि बाटोमा निस्की। अली भित्र जान पर्छ घर पुग्न भन्थी मैले परैबाट घर हेर्ने सम्म पनि अवसर पाएको थीईन। मनमनै सम्झे राजा भनेको राजा हो नि त्यो पनि उसको दिलको राजा झ्याप्प कुनै दिन ज्वाँई बनेर गईन्छ। तर एउटा कुराले मलाई देख्ना साथनै चकित पारेको थियो सधैं चन्द्रमाझै उज्याली भएर आउने उसको अनुहारमा अलिक ग्रहण लागेको थियो। उसको कपडा लगाइ, मेक अप अनि तयारी हेर्दा पहिला भन्दा आकाश जमिनको फरक थियो। पेण्ट र टिसर्ट लगाएकी थीई। कपाल पनि राम्ररी कोरिएको जस्तो देखिन्नथ्यो। पछाडि कालो लेदर ब्याग बोकेकी थीई पछाडि बस्दै भनी आज साथीकोमा एकाउण्ट सिक्छु भनेर ढाटेर हिंडेकी। मैले पढाईको धन्दाले होला सबै कुरामा ध्यान पुर्याउन नसकेकी भन्ने सम्झेर कुनै प्रतिकृया जनाइन। त्यहा सोध्नु नै थियो भने धेरै प्रश्न सोध्नलायक भएपनी सोधिन। बसाइ पनि केही अनौठो नै थियो सुरु चोटि उ जसरी टाढै बसेकी थीई त्यस्तै। बेला-बेला म बोल्दा मेरो कुरा सुन्न मतिर सर्थी नत्र उस्तै। म सबैकुरा ख्याल मात्र गरिरहेको थिए कुनै अनुसन्धानकर्ताले झै।
चोभारमा दिन भरी जसो बसियो फेरी त्यहा खुब आत्मियता देखाए जस्तो गरेर भावुक बनी। मैले उसलाई आफुतिर तान्दै गाला, निधारमा किस गरे। उसलाई पनि के भयो कुन्नी झ्याप्पै मलाई अङालो हालेर टङ किस गर्न थाली मेरो तल्लो ओठलाई उसका दुबै ओठले च्यापेर। म पनि एक यौन संसारमा पुग्न वाध्य भए उसैगरी उसलाई नि किस गरिदिए। खै के भाथ्यो कुन्नी! ज्यानै छाडेर मलाई धेरै बेरसम्म किस गरिरही। मेरा पनि हातहरु बेहोसिमै उस्का जिउका सानठुला सबै अङ्गहरुसँग रुमल्लिन भ्याए। केही आत्मिय देखिए पनि उसले आफ्नो कुनै कुरा मलाई सुनाइन खाली एक्जाम अनि घरको बारेमा कुरा गरी। मलाई ममिले खाली फेसबुक चलाऊछेस पढ्दैनस भनेर गाली गर्नुहुन्छ भन्थी। "म धेरैजसो फोनमा झुन्डिदा आजभोलि कसले फोन गरेको भन्दै सोध्नु हुन्छ खाली साथीले भन्छु कतिछन साथी पनि भनेर सोध्दा म झर्किदिन्छु के भन्न खोज्नु भको भनेर"- भन्दै सुनाइ पनि। मैले भ्याएको बेला आँफै कल गर्नु नि त म अली काम गर्छु भन्दिए। त्यो दिनको व्यबहार पनि अली भिन्न खालको अनुभव गरे मैले। सधैं मलाई मेरो जिउमा यता उता टाउको राखेर, मेरो कपाल सुम्सुम्याएर नाक तान्दै कुरा गर्ने उ त्यो दिन किस बाहेक अरु कुरामा केही फर्मल देखिन्थी।
खाजा खाँदै गर्दा मैले उसलाई आफ्नै हातले बेर्गर खुवाइदिए, खाइसक्दा उसका आँखा रसाए। मैले के भयो भनेर सोध्दा मुख अाँ... गर्दा गर्दा नि भनी। तर यो उत्तर कत्तिको सान्दर्भिक थियो बिचार गरिन। म जे भनेपनी विश्वाश गर्थे उसलाई। सत्य यो हो पनि कि प्रेमको एक महत्वपूर्ण आधार भनेको विश्वाश हो। यदी रथका दुई पाङ्रा प्रेमी प्रेमिका भए तिनिहरु बिचको प्रेमलाई जोड्ने कुरा विश्वास हो तब न रथ कुद्नलायक हुन्छ! जती विश्वाश कम हुँदै जान्छ सम्बन्ध जिर्ण हुँदैजान्छ अनी जती विश्वाश बढ्छ त्यती नै बलियो पनि। उसलाई बिहान लिएर गएकै ठाउमानै ल्याएर छाडिदिए। निस्केर पर्खनु है भन्दै झोला खोतल्न थाली मैले बाइक फर्काएर उ भएतिरै गए। एउटा सानो पातलो बाहिरबाट गिफ्ट सपमै गएर र्याप गरिएको गिफ्ट जस्तो बस्तु ल्याएर मेरो ज्याकेटको पकेटमा हालेर रुममा गएर हेर्नु है भन्दै चेन लगाइ दीइ र बाटो लागी। अली पर पुग्दा सम्म मैले उस्लाई हेरिरहे। निहुरिएर आँखामा हातले केही पुछेझै गरी अनि मतिर फर्की। आसु थिए आँखामा मैले देखिहाले फेरी बाइक फर्काएर उतिरै गए आशु पुच्दै थीई मैले "के भयो?" कि "के भयो?" भनेर ५ मिनेट सम्म सोध्दा पनि उ बोलिन। अन्त्यमा हजुरको मायाले भनी। मैले सम्झाइ बुझाई गरेर आशु पुछीदिेएर पठाएँ। आशु नझारे पनि हुक्क हुक्क गर्दै गई। म पनि उसको रुवाइले खिन्न हुदै बिदा मागेर रुमतिर हुइकिए।
म पनि उसको रुवाइले भित्र त रुइसकेको थिए तर आशु देखाइन। कोठामा आएर उसको त्यो गिफ्टमा के छ भनेर हेर्न बाँकी नै थियो। त्यही उत्सुकताले पनि मेरो बाहिरी रुहाइलाई कम गरेको थियो। बाटोभरी आँखा रोड तिर भएपनी मन त्यही सानो गिफ्टमा थियो के होला त्यो भनेर! मनले धेरै कुरा सम्झिरहेको थिए यो होला कि त्यो होलाकी भनेर धेरै सङ्का 'घडी' नै होलाकी भन्नेमा थियो उसले दिन मन छ भनेकि पनि थिइ। भ्यालेन्टाइन डे मा मैले नि उसलाइ घडि दिएको थिए।
आउना साथ हतार हतार कपडा, जुत्ता पनि नफुकाली गिफ्ट खोलेर हेरे। हेर्नासाथ मन चिसो भएर आयो जिउ लल्याक लुलुक भएजस्तो भयो। सगरमाथाको टुप्पोमा पुगेर खुशीले संसार हेर्दै गरेको मान्छेलाई एकाएक हिउपहिरोले तान्न खोज्दा के होला सोच्नुस् त त्यस्तै भए म पनि। आयुश गहभरी आशु पारेर घुक्क घुक्क रुन थाल्यो, म सम्झाउदै कथामा आउन भन्न थाले उसले सकेन म रोक्किए।
क्रमश:

awwww so sad
ReplyDelete