Posts

BUMCO ($BUMCO) – The Roadmap to Meme Domination

Image
  BUMCO ($BUMCO) – The Roadmap to Meme Domination Welcome to the BUMCO journey, where a simple spacing error transforms into a crypto revolution. This roadmap outlines how $BUMCO will go from a hilarious misread to a meme-fueled powerhouse , dominating social media and crypto markets alike. 🚀 Phase 1: The Stealth Launch (Meme Awakening) Objective: Deploy $BUMCO on Pump.fun , attract early adopters, and ignite the first wave of meme virality. ✅ Key Milestones: 🔹 Launch on Pump.fun – A stealth drop to give early degens a chance to ape in before the masses catch on. 🔹 Organic Twitter/X Virality – Partnering with meme influencers, typo hunters, and crypto shitposters to spread "Analbumcover" chaos. 🔹 Meme Battles & Community Growth – $BUMCO will engage in meme battles against other coins, fighting for dominance in Meme vs. Meme trends. 🔹 Engagement Contests – Early adopters will be rewarded for the best typo memes, funniest misreads, and retweet challenges. 🔹 ...

एयरपोर्ट डायरी!

Image
अब मात्र ३ दिन बाँकी....! फेसबुकमा पोस्ट गरेकी थिएँ।  ३ महिनादेखि दिमागमा डेरा गरेकी प्रतीक्षा अब तीन दिनमा छाड्दै थिईन। अथवा यसो भनौँ ३ लिटर समयमा अब ३ मिलि लिटर बाँकी थियो!  त्यो दिन तिमीलाई भेट्न तिनकुनेमा तीन घण्टा कुरेकी थिएँ। तिनहजार माईलको दुरीबाट तिमी जब तीन पाईलाको दुरीमा आईपुगेको थियौ मुटुका वाद्यवादकहरु तीन गुणा छिटो बजाईरहेका थिए उनिहरुको राष्ट्रिय बाजा; ढुकढुकी। यो भक्कानो छुटेर काँपिरहेका हातहरुले गरेको स्वागत कति नमिठो भयो होला है? सरी! निथ्रुक्क भिजेका थिए परेलीहरु, हर्षले मन पुलकित भएको थियो। लाग्थ्यो, तिमी अकस्मात बादलबाट हाम फालेर आइपुगेको थियौ, कहाँ लुकेको थियौ यतिन्जेल? बर्षौँ देखि हराएका मान्छेहरु भेटिन्छन एयरपोर्टमा! जो भविस्यको खोजिमा बिलाएका हुन्छन।  मिल्दो हो त अझ तिमीले लगाईरहेको टिसर्टबाट तिमीलाई छातिमा समातेर सोध्न मन थियो- "म तिमीलाई गोधुली रातमा आकाशभरी खोजिरहन्थे। ३ बर्ष अघि आकाशमा उडेको तिमी कहाँ हराएको थियौ? किन आएनौ मेरो घरको छत माथी एक पटक पनि? तिम्रा यादहरु लिएर आईरहे जोडी ढुकुरहरु आगनको पोथ्रासम्म तर तिम्रो हालतको खबर लिएर...

"गार्डन अफ ड्रीम्ज" डायरी!

Image
फाल्गुनका दिनहरु! सेतो गलबन्दी लगाएर टल्किरहेछ जुगल हिमाल। बादलको सिरक ओढेर सुतेको छ काठमाण्डौं। लमतन्न तेर्सिएका छन रोडहरु। रोडकै काखमा लखतारन परेर ट्रक र ट्याक्सिहरु निदाएका छन। सायद सपना देख्दै होलान। भर्खरै उठेका छन बसपार्कका बसहरु। रुखहरु सिरेटो खप्दै उभिएका छन। सहचालकहरु चुरोट उडाउदै रुखजस्तै उभिएका छन, बसको ढोकामा! छेउबाटै आएको बसले केही मान्छेहरु छादेर गयो। "दाई बस्नुस, गैहाल्छ" सहचालक हजारका नातीनातिनाहरु पट्याउदै बोल्छ। सुनेको छु यी ड्राईभरहरु नोट पट्याएझैँ पट्याउछन केटीहरु! म बसको भुँडीभित्र छिर्छु। जसरी लुसुक्क परेर चोकको चटपटे मेरो पेटभित्र पस्छ। र उत्रन्छ बिभिन्न शौचालयहरुमा! बसको अघिल्लो भागमा केही महिला सिटहरु छन। हैन सिटहरु त सफा छन तर महिलाहरुका लागि हुन। म पनि कहाँ सफा छु र! आँखाका ढलहरु फुटेर रातभर ओठको मुस्कान बगाएर लगेका छन। दिलमा पहिरो गएर उनका यादहरु मनैभरि छरपस्ट छरिएका छन। म सिटमा बसेर रुमालले अनुहार पुस्छु, मोबाईलको। र हेर्छु पुरानो अनुहार! अझैपनी छे त्यही मुस्कानमा हिमाल बोकेकी मान्छे मोबाईलको स्कृनमा। हेरिरहन्छे मलाई एकनासले! थोरै...

सपना भाग-१३

Image
# सपना  (भाग-१३) अन्तिम भाग पहिलो पटक उसको घरमा गईरहेको थिए, उसको पो घर अनी हुनेवला माइत मेरो त ससुराली थियो त्यो। हरेक चिजहरुलाई मायाले हेरे आफ्नै जस्तो लाग्यो। निर्जिव कुरामा न त घमण्ड न त भोक तिर्खा न त इर्श्या नै। सबैले मेरो मायालाई स्विकारीरहे। त्यहा पुग्नसाथ मेरा आँखा बजारमा साथी खोजेको मान्छेका जस्ता भएका थिए। म चाहन्थे कुनै चिज र कुनै बस्तु त्यस्तो नहोस् जुन मैले नदेखेको होस्। मनमा एकतर्फ त खुशीको मयुर नाचेको थियो तर अर्कोतिर डरको भालुले नङ्ग्रा तिखारिरहेको थियो। कोही आईपुगेको खन्डमा त्यो परिस्थितीलाई सम्हाल्नु सबैभन्दा गार्हो हुन जान्थ्यो।  अर्कोतिर सपना भर्खर फुलेको फुल जस्तै सुगन्धित भएर बसेकी थीई। म आँफैलाई सम्हाल्न सक्दो प्रयास गरिरहेको थिए। उ कफी बनाएर ल्याउछु भनेर किचन तिर लाग्दा मैले पर्दैन त भनेको थिए तर छोरी मान्छेको पकाउने बनाउने जिद्धीलाई कहाँ रोक्न सकिन्छ र? एकैछिन त हो भनेर गैहाली। म उसका टेबल अनी भित्तामा भएका हरेक कुराहरुलाई एक एक गर्दै नियाल्दै थिए। उसको बेडको सिरानीलाई समातेर मनमनै सोचे अब तैले मलाई भिनाजु भन्न पर्छ। भित्तामा झुन्डिएको उसको भ...

सपना भाग-१२

Image
#सपना (भाग-१२)  आयुशले खाएको तालमा पिडा अघी पोखिदिएर गयो। यद्दपी कथाको अन्त्य भने त्यो थिएन। पाठक र लेखक मलाई कारण चाहिएको थियो। कारण त्यो कारण जसले उनिहरुबिच जोडीएको एक मुटु एक मनलाई दुई टुक्रा पारीदिएको थियो। फेरी आयुश सँग भेट भएन। नयाँ बर्षमा घुम्न गएको रहेछ। हिजो बेलुका फेरी त्यही माफिका साथ मेरो कोठामा देखा पर्‍यो। मलाई माफि हैन कथा र कारण चाहिएको थियो। एकैछिनको गन्थन पछी सदाझै म लेख्न तयार भए उ भन्दै गयो- गोदावारीको त्यो डेटिङ पछी हामी झन-झन धेरै नजिकियौ। कसैले एउटा बिज्ञानको नियम प्रतिपादन गर्छ भने गरिदियोस कि "प्रेम दुईजनाको आत्मियता सँग समानुपातिक हुन्छ।" आत्मियताले हामी दुबैलाइ यती धेरै खप्टेर कसिसकेको थियो कि फुत्कन सक्ने सामार्थ्य नै थिएन न त चाहना नै! सपना धेरैजसो आफ्नो कलेज छुट्टी हुनसाथ मलाई फोन गरी हाल्थी। कुनै दिन आज अली काम छ है भन्दा उ फोनै काटेर रिसको झट्टी हानिदिन्थी। म माफी माग्दै एकैछिन भए नि पुगिहल्थे। उ पाउरोटी झै फुल्लिरहन्थी। म हसाउन अनेक प्रयाश गर्थे।  एकचोटी च्याटमा उसैले भनेकी थीई-"हाम्रो सानो परिवार बनाएर बस्नु पर्छ है मिलेर! हजुर ...

पशुपतीनाथ डायरी!

Image
#Diary म मन्दिर छिरेर पूजा गर्दिन।  घुम्न आउन मन लाग्छ कहिलेकाही यसै पशुपती अाइदिन्छु। मेरो बस्ने ठाउँ सधैं म्रीघस्थली साईडको कुनै एक फलैचा हुन्छ। म एक्लै सबैतिर हेरिरहन्छु। तल तिर्खाले सुक्नै लागेको धमिलो बगमती बगिरहेको छ। पानीबिनका खोला धेरै छन अचेल। नाम मात्रै खोला, बिशेषता छैन। अनी यो शहरमा त्यस्तै नाम मात्रैका राम्रा मानिस पनि खोजिरहन पर्दैन। कुनै जमनामा नदी भनेर चिनिने बगमतिको गती ढलको जस्तो छ, हरेक घरको फोहोर बोकेर बगेको छ सहनशिल बनेर। बागमती भन्दा सर्बसुलभ यातायात कुन होला र काठमाडौंमा न तेल न पैसा! सबै समयको प्रभाव। मानिसहरु ज्ञानी बन्दै गए आफु सफा, सुन्दर र आधुनिक बन्दै गए बातावरण फोहोर बनाउदै गए। कहिलेकाही प्रकितिले नै नुहाइदिन्छ यो बागमतीलाई तब केही रुप फेरिन्छ नत्र उस्तै! ति बिचार फोहोर भएकाहरुलाई के ले नुहाइदिने खै!  एउटा बालक बल्छी हानेझै एउटा लामो डोरिको टुप्पोमा चुम्बक बाधेर आफुजस्तै फोहोर खोलामा फालिरहेछ। कारण, खोलामा फालेका पैसा टिप्न। तर उसले भेटेका हरेक पैसा फोहोर खोलाबाट झिकिएर फोहोर गोजिमा बस्दासमेत फोहोर हुँदैनन। उसले त्यसरी राखेको सफा मानिस...

नोकर्नी- कथा

Image
# नोकर्नी   झल्यास्स! ब्युझिए।  बिहानको ४ बज्न लागेको रहेछ। कस्तो निन्द्रा हो यो बाहिर अली ठुलो आवाज थोरै पनि सुन्न हुन्न! खुली हाल्छ। केही भयो केही सुन्यो होला मेरो कानले तब न निन्द्रानै खुल्यो। एकछिन ध्यान दिएर सुनिरहे। सानी केटी रोएको आवाज आयो। म उठेर बसे। छेउमै सुतेको साथी पनि त्यही रुवाइको आवाजले ब्युझिसकेको रहेछ। भन्यो- "बिचरी! त्यो फुच्चिलाई आजपनी मालिक्निले कुटी छ।" मालिक्नी अर्थात मालिककी श्रीमती अनी कसैकी आमा, कसैकी कलिलो उमेरकी सन्तानलाई एकबिहानै पिटिरहिछ। शायद! यो त्यही एक आमा हो जो आफ्नो बच्चालाई कसैले छोयो भने मात्र पनि कुकुर झै झम्टन्छे। फुच्ची केही लुकाएको स्वरमा रुइरहेकी थीइ यो रातमा। लुकेर म जस्तै गरि सुन्ने कोहि थिए कि खै! तर नानि बाबा भन्ने कोहि थिएनन।  हाम्रो सम्बोधन बाट "फुच्ची" भनिएकी यो पात्र हाम्रो मुखबाट मात्र फुच्ची भनेर चिनिन्छे। यसको असली पहिचान त कसैकी छोरी, कसैकी बहिनी,कसैकी दिदी आदी ईत्यादी भन्दा पनि बढी कसैकी "नोकर्नी" भनेर चिनिएको छ। भन्न त भनी टोपल्छे नि बिचरी! मेरो नाम मन्जु हो भनेर! तर "मन्जु" ना...