Posts

Showing posts from April, 2017

सपना भाग-१३

Image
# सपना  (भाग-१३) अन्तिम भाग पहिलो पटक उसको घरमा गईरहेको थिए, उसको पो घर अनी हुनेवला माइत मेरो त ससुराली थियो त्यो। हरेक चिजहरुलाई मायाले हेरे आफ्नै जस्तो लाग्यो। निर्जिव कुरामा न त घमण्ड न त भोक तिर्खा न त इर्श्या नै। सबैले मेरो मायालाई स्विकारीरहे। त्यहा पुग्नसाथ मेरा आँखा बजारमा साथी खोजेको मान्छेका जस्ता भएका थिए। म चाहन्थे कुनै चिज र कुनै बस्तु त्यस्तो नहोस् जुन मैले नदेखेको होस्। मनमा एकतर्फ त खुशीको मयुर नाचेको थियो तर अर्कोतिर डरको भालुले नङ्ग्रा तिखारिरहेको थियो। कोही आईपुगेको खन्डमा त्यो परिस्थितीलाई सम्हाल्नु सबैभन्दा गार्हो हुन जान्थ्यो।  अर्कोतिर सपना भर्खर फुलेको फुल जस्तै सुगन्धित भएर बसेकी थीई। म आँफैलाई सम्हाल्न सक्दो प्रयास गरिरहेको थिए। उ कफी बनाएर ल्याउछु भनेर किचन तिर लाग्दा मैले पर्दैन त भनेको थिए तर छोरी मान्छेको पकाउने बनाउने जिद्धीलाई कहाँ रोक्न सकिन्छ र? एकैछिन त हो भनेर गैहाली। म उसका टेबल अनी भित्तामा भएका हरेक कुराहरुलाई एक एक गर्दै नियाल्दै थिए। उसको बेडको सिरानीलाई समातेर मनमनै सोचे अब तैले मलाई भिनाजु भन्न पर्छ। भित्तामा झुन्डिएको उसको भाईलाई हेर

सपना भाग-१२

Image
#सपना (भाग-१२)  आयुशले खाएको तालमा पिडा अघी पोखिदिएर गयो। यद्दपी कथाको अन्त्य भने त्यो थिएन। पाठक र लेखक मलाई कारण चाहिएको थियो। कारण त्यो कारण जसले उनिहरुबिच जोडीएको एक मुटु एक मनलाई दुई टुक्रा पारीदिएको थियो। फेरी आयुश सँग भेट भएन। नयाँ बर्षमा घुम्न गएको रहेछ। हिजो बेलुका फेरी त्यही माफिका साथ मेरो कोठामा देखा पर्‍यो। मलाई माफि हैन कथा र कारण चाहिएको थियो। एकैछिनको गन्थन पछी सदाझै म लेख्न तयार भए उ भन्दै गयो- गोदावारीको त्यो डेटिङ पछी हामी झन-झन धेरै नजिकियौ। कसैले एउटा बिज्ञानको नियम प्रतिपादन गर्छ भने गरिदियोस कि "प्रेम दुईजनाको आत्मियता सँग समानुपातिक हुन्छ।" आत्मियताले हामी दुबैलाइ यती धेरै खप्टेर कसिसकेको थियो कि फुत्कन सक्ने सामार्थ्य नै थिएन न त चाहना नै! सपना धेरैजसो आफ्नो कलेज छुट्टी हुनसाथ मलाई फोन गरी हाल्थी। कुनै दिन आज अली काम छ है भन्दा उ फोनै काटेर रिसको झट्टी हानिदिन्थी। म माफी माग्दै एकैछिन भए नि पुगिहल्थे। उ पाउरोटी झै फुल्लिरहन्थी। म हसाउन अनेक प्रयाश गर्थे।  एकचोटी च्याटमा उसैले भनेकी थीई-"हाम्रो सानो परिवार बनाएर बस्नु पर्छ है मिलेर! हजुर

पशुपतीनाथ डायरी!

Image
#Diary म मन्दिर छिरेर पूजा गर्दिन।  घुम्न आउन मन लाग्छ कहिलेकाही यसै पशुपती अाइदिन्छु। मेरो बस्ने ठाउँ सधैं म्रीघस्थली साईडको कुनै एक फलैचा हुन्छ। म एक्लै सबैतिर हेरिरहन्छु। तल तिर्खाले सुक्नै लागेको धमिलो बगमती बगिरहेको छ। पानीबिनका खोला धेरै छन अचेल। नाम मात्रै खोला, बिशेषता छैन। अनी यो शहरमा त्यस्तै नाम मात्रैका राम्रा मानिस पनि खोजिरहन पर्दैन। कुनै जमनामा नदी भनेर चिनिने बगमतिको गती ढलको जस्तो छ, हरेक घरको फोहोर बोकेर बगेको छ सहनशिल बनेर। बागमती भन्दा सर्बसुलभ यातायात कुन होला र काठमाडौंमा न तेल न पैसा! सबै समयको प्रभाव। मानिसहरु ज्ञानी बन्दै गए आफु सफा, सुन्दर र आधुनिक बन्दै गए बातावरण फोहोर बनाउदै गए। कहिलेकाही प्रकितिले नै नुहाइदिन्छ यो बागमतीलाई तब केही रुप फेरिन्छ नत्र उस्तै! ति बिचार फोहोर भएकाहरुलाई के ले नुहाइदिने खै!  एउटा बालक बल्छी हानेझै एउटा लामो डोरिको टुप्पोमा चुम्बक बाधेर आफुजस्तै फोहोर खोलामा फालिरहेछ। कारण, खोलामा फालेका पैसा टिप्न। तर उसले भेटेका हरेक पैसा फोहोर खोलाबाट झिकिएर फोहोर गोजिमा बस्दासमेत फोहोर हुँदैनन। उसले त्यसरी राखेको सफा मानिसको गोजिसम

नोकर्नी- कथा

Image
# नोकर्नी   झल्यास्स! ब्युझिए।  बिहानको ४ बज्न लागेको रहेछ। कस्तो निन्द्रा हो यो बाहिर अली ठुलो आवाज थोरै पनि सुन्न हुन्न! खुली हाल्छ। केही भयो केही सुन्यो होला मेरो कानले तब न निन्द्रानै खुल्यो। एकछिन ध्यान दिएर सुनिरहे। सानी केटी रोएको आवाज आयो। म उठेर बसे। छेउमै सुतेको साथी पनि त्यही रुवाइको आवाजले ब्युझिसकेको रहेछ। भन्यो- "बिचरी! त्यो फुच्चिलाई आजपनी मालिक्निले कुटी छ।" मालिक्नी अर्थात मालिककी श्रीमती अनी कसैकी आमा, कसैकी कलिलो उमेरकी सन्तानलाई एकबिहानै पिटिरहिछ। शायद! यो त्यही एक आमा हो जो आफ्नो बच्चालाई कसैले छोयो भने मात्र पनि कुकुर झै झम्टन्छे। फुच्ची केही लुकाएको स्वरमा रुइरहेकी थीइ यो रातमा। लुकेर म जस्तै गरि सुन्ने कोहि थिए कि खै! तर नानि बाबा भन्ने कोहि थिएनन।  हाम्रो सम्बोधन बाट "फुच्ची" भनिएकी यो पात्र हाम्रो मुखबाट मात्र फुच्ची भनेर चिनिन्छे। यसको असली पहिचान त कसैकी छोरी, कसैकी बहिनी,कसैकी दिदी आदी ईत्यादी भन्दा पनि बढी कसैकी "नोकर्नी" भनेर चिनिएको छ। भन्न त भनी टोपल्छे नि बिचरी! मेरो नाम मन्जु हो भनेर! तर "मन्जु" ना

सपना भाग-११

Image
#सपना (भाग-११) धेरै बेरसम्म आयुशलाई सम्झाइरहे, जे भयो त्यसलाई सम्झेर रुन हुन्न भनेर। यसो त भने तर के भएको थियो म आफैलाई थाहा थिएन। सम्झाउनु थियो त्यहा उसलाई एक साहारा बनेर, त्यसै गरे। उसका आशु रोक्किए पनि अनुहारमा रुवाइको भाव अझै उस्तै थीयो। मैले नजिकैको बोतलको पानी पिउन लगाए। पानी पियो अनी फ्रेश भएर आउछु भनेर टावेल मागेर बाथरुम गयो। लगभग ५ मिनेट पछी उ मुखसुख अनी कपाल भिजाएर आएछ। लजालु स्वरमा सरी है दाजु रोइहाले भन्यो। म अघी उसले भनिसकेको भाग काटछाट गर्नमा ब्यस्त थिए। फेरी उसलाई माफि माग्न नपर्ने भन्दै कथामा आउन भने। उ लामो सास तानेर अगाडि बढ्यो म लेख्दै गए- मलाई त्यो गिफ्टले यसै एकाएक आफ्नै साथीले छुरा हानेर लडाएजस्तो पारेको थियो, पातलो गिफ्ट भित्र मैले उसलाई भ्यालेन्टाइन डे मा दिएको त्यही घडी फिर्ता पठाइेएको रहेछ। मन त्यती देख्दै चिसो भयो, अनी फेरी एकाएक तात्तिएर आयो। हात खुट्टा थर थर काप्न थाले। मैले आँफैलाई सम्हाल्ने शक्ती धेरै मात्रामा त्यती देख्दै गुमाइसकेको थिए। हेर्दा हेर्दै थाम्न नसकेर हातबाट भुइमा झर्यो त्यो बट्टा। मैले सारा संसार बिर्सिए। अरु केही कारणले पो पठाएकी हो क

सपना भाग-१०

Image
सपना (भाग-१०) भाग-८ सम्म गत शनिबारनै आयुशले कथा भनिसकेको थियो। त्यसपछी भाग-९ लेखेर पोस्ट गर्ने दिन अस्ती बिहीवार सम्म पनि उ फेला परेन। भेट्ने कुरा पनि भएको थियो। बेलुका ५ बजिसक्दा पनि उ मेरो कोठामा नआएपछी म नै उसको कोठामा खोज्दै गए। अस्ती सम्म मेरो कोठामा आएर कथा लेख्दिनुस् भनेर भन्ने आयुशको रुममा फेरी म नै उसको कथा माग्नलाई पुगेको थिए। कथाको मोडले मलाईनै अब के भयो होला के हुन्छ होला भनेर सोच्ने बनाइसकेको थियो। तर रुमको साथी अनिशले आयुश मामाघर किर्तिपुर गएको २ दिन भैसकेको बतायो। अनिश सँगै फोन नम्बर मागेर फोन गरे उसले मामा बिरामी भएर हस्पिटलमा भर्ना भएर आउन नसकेको भन्दै म सँग माफि माग्यो, मैले सहजै त्यस्तो माफि दाजुभाइमा चल्दैन भनेर उसलाई सम्झाए। उसले भोली शुक्रबार जसरी भएपनी आईपुग्छु भनेर कसम नै खायो मैले हुन्छ बाहेक अरु केही भन्ने ठाउँ थिएन ओके भनेर फोन राखिदिए। भाग-८ लेखिसक्दा केही लामो भएर सानो टुक्रा बाँकी रहेको थियो त्यसैलाइ अली मिलाएर थपघट गरेर भाग-९ को रुपमा पोस्ट गरिदिए। धेरै पाठकले कथाले बाटो बिर्सिएको टिप्पणी गर्नुभयो, म डराए केही गल्तिको महसुस नि भयो। कतिखेर आयुश आउछ र कथ

छाउपडी (कथा)

Image
# छाउपडी यो कथाको कथाबस्तुले हामीलाई हिन्दू धर्मको सभ्यताको बिकासको ईतिहास तर्फ लैजानेछ, इन्डुस भ्याल्ली बाट ब्राम्ह्ण जातका मानिसहरु मध्य एसिया तिर आए। उनिहरुले आफु सँगै एउटा नयाँ संस्क्रिती र धर्म पनि लिएर आए। जसलाई पछी हिन्दू धर्मको नाम बाट चिन्न थालियो मानब सभ्यताको बिकास क्रममा यही धर्म विश्वको पहिलो धर्म थियो।  "एकदिन यही एक ब्राम्हणको दरवारमा एक अनौठो घटना घट्यो। दरवारको खान पिनको लागि भनेर पलिएका सबै गाई भैंसी एक-एक गरेर मर्न थाले। प्रकितिको खेल भन्ने या संयोग त्यसपछी लामो समयसम्म पानी नपरेर खडेरि चल्यो। खोला नाला पनि सुक्न थालेपछी अब के गर्ने भनेर सबै तर्सिएका थिए। यतिकैमा एउटा साधु घुम्दै फिर्दै यो दरबारमा भिख माग्न आयो। साधुलाई राजाले आफ्नो दरवारभित्र बोलाउन लगाएर सम्पूर्ण ब्रितान्त सुनाए। साधुले आफुसँग भगवानहरुको शक्ती भएको भन्दै राजालाई पत्ता लगाउने बचन दिएर लामो ध्यानमा बस्यो। ध्यान गरेको एक महिना पछी एक रजस्वला भएकी आईमाईले गाई दुहेकोले यस्तो भएको बताउदै रजस्वला भनेको स्वर्गका राजा ईन्द्रले आईमाईले आफुलाई ब्राम्हण मारेको आरोप लगाएपछी दिएको सजाय हो भनेर राजाल

सपना भाग-९

Image
सपना (भाग-९) यसरी दिनहु जसो च्याट, फोन अनी उसको कलेज सकिएपछी भेटेर हाम्रो सम्बन्धले जरा गाड्दै गयो। उ पनि फेसबुक र इन्स्टाग्राममा मलाई डेडिकेट गरेका स्टाटस राखेर फोटो हाल्थी म पनि त्यसै गर्थे। म उसलाई संसारका सबै राम्रा नाम तिम्रा, राम्री तिमी भन्दै जिस्कन्थे। नजिस्किउ अनी नभनु पनि कसरी त उसको छेउमा मलाई सबैकुरा फिक्का लाग्थे। म उसलाई अली अरु नामहरुले पनि बोलाउन थालिसकेको थिए कहिले "सप्ना" कहिले "काली" कहिले "नानु" आदी। उ मैले काली भनेर बोलाँउदा प्यारो लाग्छ भनेर भन्थी। त्यसैले धेरै जसो म उसलाई काली भनेर बोलाउथे। भन्दा काली भनेपनी उ मेरो मनमा जुनेली रातकी चन्द्रमाजस्तै चम्किली अनी गोरी भएर बसेकी थीइ। सपना मेरो दिमाग अनी मन र कल्पनाको महलमा राज्य चलाएर बसेकी थीई। जब मन भित्रको राज्यबाट उसको केही काम गर भन्ने आदेश हुँदैन थियो म केही गर्न सक्दिन थिए। केही गलत कामको सुरुवात म बाट भयो भने पनि उसैले त्यो नाक समाउदै कहिले पनि बोल्दिन भनेको यादले पिरोल्थ्यो जसरी सरले कुटेको सम्झेर स्कुलमा पढ्दा म होमवर्क गर्थे। उ पनि हजुरबिना सक्दिन एकै क्षण पनि भनेर रौलाझै

नेपाल यातायात डायरी

Image
नेपाल यातायात भाद्रको महिना थ्यो त्यो। सिमसिम पानी पारीरहेको थियो। म सुकेधाराको यात्रु प्रतिक्षालयमा , ८-९ जनाको झुण्डमा उभिइरहेको थिए , त्यसमध्ये केही ओत पनि लागेका थिए होलान मेरो ठम्याइ अनुसार। एक जना ७०-७५ बर्षका बृद्ध मेरो छेवैमा थिए। बुडा पानी परेकोले ओत लागेका हुन या बस नै कुरेर बसेका हुन ठम्याउन सकेको थिइन।   हु...ई...य.. नेपाल यातायात आयो ४ ५ जना चढ्नलाइ जुर्मुरिए। ति बृद्ध पनि अघी सरे। हामी सबै छिर्दा सम्म एउटा महिला सिट बाँकी रह्यो। बिचरा! बुढो मान्छे पहिले पनि केही न राम्रो मामिलामा परेजस्तो गरेर अनौठो नजरले सिटलाई हेर्दै उभिरहे। मेरो मनले मानेन यता बृद्ध सिटमा ६० कटेका जस्ता देखिने दौरा सुरवाल लगाएका अर्का ब्यक्ती थिए अपाङ्ग सिट्मा पनि आँखा गईहाले तर त्यहा बसेका ब्यक्तिको हातमा हातमा प्लास्टर देखियो। शायद यती काम मैले २० सेकेण्ड भित्रमा गरिसकेको हुदो हुँ। आँफै बोले-"बा यहाँ सिटमा बस्नुस् न!" म भन्दा पछाडि म जस्तै २-४ जना युवा उभिरहेका थिए। केही बोल्न खोजेजस्तो गरेपनि मेरो नम्र आग्रहलाई स्विकारे। उनले भन्न खोजेको कुरा शायद यही थियो मेरो आकलनमा- "बाबु

सपना भाग-८

Image
सपना  (भाग-८) भाग-७ सकिसक्दा घाम डुब्नै लागेका हुँदा हुन म आँफैलाई कथा सुनिरहु, लेखिरहु जस्तो भैरहेको थियो। अब १ भाग लेखेर राती खाना खाएर लेख्ने भनेर भने। आयुश ढल्किरहेको सिरानीलाई अली मिलाउदै थियो, लामो सास फेर्यो अनी हुन्छ को ईशारा गर्‍यो। उसले कथामा अगाडि बढ्ने अनुमती माग्यो मेरा हात केही गलेका भएपनी उसलाई भन्दै जान लगाए। मेरो मन पनि उत्सुकताले भरिएको थीयो कसरी रोकिन सक्थे लेख्दै गए- नितान्त नौलो किस थियो त्यो। हाम्रो व्यबहार हेर्दा दुबैजाना कक्षा-१ मा रहछौ त्यो मामिलामा जस्तो लाग्थ्यो। एउटा सिकाइको स्वरुप थियो त्यो। यतिकै पनि ओठहरु यता उता सल्बलाई रहेका थीए। उसका ति बन्द आँखाको साथ अनी बेहोसिझै भावमा एकोहोरो म प्रती गरिएका गुलाबी ओठका सफ्ट टङ किसहरु अर्कै आनन्दका थिए। करिब २ मिनेट यसरिनै दुबै जनाका ओठ एक अर्काका ओठमाथि हावी भैरहे। ओठ बिस्तारै मैले नै हटाए। दुबै जनाका हात पनि हटे। एकछिन छाताको काम गरिरहेको एउटै ज्याकेट अझै जस्ताको तस्तै थियो। दुबै जनाको बोलीनै बन्द भयो। केही बोली आएन, उ झन एकोहोरो भएर अर्कैतिर हेरिरहेकी जस्ती देखिन्थी। लाज त त्यसपछी एकछिन मलाई माथि रुखमा बस

सपना भाग-७

Image
# सपना  (भाग-७) बेलुका च्याटमा बोलाएर भनी "यु वेर लुकिङ वेरी ह्यान्डसम" मैले मुसुक्क हासेको इमो पठाए, हासेको ईमो मात्र थिएन म आफै पनि हासेको थिए।  फेरी "माइ हिरो" लेखेर हासेको इमो जोडी दीइ उसले पनि।  “तारिफ धेर भयो बेडबाट हाम फाल्छु है म।” रिप्लाई गरे। फेरि “मैले म त तिमीलाई जती शब्दले बर्णन गर्दा पनि कम हुन्छ के लेखौ” टाइप गरेर पठाए।  सँगसगै "मस्ट बीउटिफुल लेडी आई ह्याभ इभर सिन" थपे।  उ मुस्कुराएको भाव देखाउदै होला “हइ” लेखी।   साच्चै! सपना मेरो लागि सपनै जस्ती थीई तर दिउसो देखिएकी। सपानकै परी जस्ती, जसको चित्राङ्कन मैले सपनामा मात्र गर्न सक्थे तर यहा त बिपनामा पनि उसैलाइ पाएको थिए। म उसको प्रेममा यती डुबिसकेको थिए कि लाग्थ्यो म त्यहा बाट कहिल्यै निस्कने छुइन र सक्दिन पनि। एक-एक क्षण म उसैको यादमा बिताउथे,कुनै यस्तो समय हुन्न थियो जतिबेला उ मेरो दिमागमा हुन्नथी। उ पनि एकछिन फ्री भई भने मलाई फोन गरी हाल्थी अनी कि फोनमै बोल्थी कि अन्लाईन आउन भन्थी। तर बिहान बेलुका चाँही एकै छिनमा कहिले बाबाले कहिले ममिले कराउनु हुन्छ भन्दै जान्थी। हामी

सपना भाग-६

Image
# सपना  (भाग-६) रातैभरी उसैको याद अाइरह्यो, रात पनि पुरा रात के भन्नु सबैसँग कुरा गरेर सुत्दा १ बजिसकेको थियो। मन खुशीको कुन संसारमा उडिरहेको थियो खै तबसम्म पनि आफ्नो बशमा आएको थिएन। निन्द्रा त झन के लाग्थ्यो आँखा खोल्यो, कोठैभरि उ नै छाइदिन्थी आँखा बन्द गर्‍यो आँखाभरी उ नै आईदिन्थी। फेसबुक खोलेर धेरै पटक त्यो उसको मेसेज पढे, उसका फोटाहरु एक एक आफ्नो मोबाइलमा सेभ गरे अनी हेर्दै छातीमा टासेर निदाउने प्रयास गरे। २ ३ बजे तिर निदाएको हुदो हुँ बिहान ७ बजे ब्युझिए।  उसको फोन आएको रहेछ निन्द्रामा थाहानै पाएनछु कल ब्याक त गरौ भनेर गरे तर कक्षामा थिई शायद फोन उठेन। मलाई उसको एक कल छुटाउनु पनि ठुलो पिडाको बिषय बन्थ्यो १ बर्ष पढेर बोर्ड एक्जाम छुटाएझै। उसले सधैं जसो ११ बजे कलेज सकिने कुरा गर्थी। मलाई त के गर्ने कसरी जाने सुझीरहेको थिएन। कहिल्यै कतै आफ्नो लवाइ र ब्यक्तीगत पहिरनमा ध्यान नदिएको म उसको छेउमा लाज हुने हो कि भनेर भरसक राम्रो पल्टिन खोजिरहे थिए। नजिकैको सैलुनमा गएर कपाल काटेर फेसियल गराए कपाल काट्ने दाईसँग सधैंजसो गईरहने भएकाले पहिल्यै देखी चिनजान थियो जिस्काउदै भने- आज gf भेट्